हिपमत डटकम

सोमबार, बैशाख २६, २०७९ || 535  पटक पढिएको

काठमाडौंँ । राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्टस शो अवसर प्राप्त भएको हो ।

शनिबार मध्यान्न ६ बजे त्रिभुवन विमानस्थल अवतरण भएकी गायिका गिल कन्सटमा भने मध्य राती १२ बजे मात्र प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रंङको पाइटमा ‘म पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत भएकी गिलले करिव तीन ३ घन्टा स्टेजमा आफ्ना ननस्टप गीतसंगीतबाट दर्शक नचाइन् ।
‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी शुरु हुई है’, ‘नागिन दिन गिन गिन’ लगायत एक दर्जन बढी हिट गीत उनले कार्यक्रममा प्रस्तुत गरेकी थिइन् । उनका हरेक गीतमा दर्शक झुम्दै र उफ्रिदै नाचेका थिए ।‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’ उनको गीतमा त दर्शकले वान्स मोरका हुटिङ समेत बर्षाएका थिए ।

गिलले कार्यक्रममा नेपाली गीत ‘आगे आगे तोपको गोला’ बोलका गीतको केही लाइन समेत गाएर सुनाएकी थिइन् । अर्काे पटक नेपाल आउँदा यो गीत पुरै गाउने बाँचा समेत गरेकी गिलले नेपाल र नेपाली आफुलाई मनपर्ने बताइन् ।युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको उदेश्य दर्शकलाई सांगीति मनोरन्जन दिने र नेपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले जानकारी दिए ।

दर्शकले भरिभराउ भएको क्लब प्लाटिनममा गिलको आगमन पहिले दर्शक नाचउने काम त्यहाँका डिजेले नेपाली लोक, पप लगायत बिभिन्न गीतबाट गरेका थिए ।फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!