हिपमत डटकम

आइतबार, बैशाख २५, २०७९ || 514  पटक पढिएको

विराटनग। नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर शनिबार बिहान मोरङ कटहरीमा बृहत चुनावी प्रचार अभियान सञ्चालन गरिएको छ ।

मतदाता आकर्शित गर्न एमालेले केन्द्र, प्रदेश, जिल्ला तहका नेताहरुको उपस्थितिमा भेला, ¥याली तथा घरदैलो कार्यक्रम गरेको हो । केन्द्रीय सदस्य तथा प्रदेशका पूर्व मन्त्री जीवन घिमिरे, प्रदेशका नेता महेश भट्टराई, जिल्ला नेता मुकेश बुढाथोकी लगायतले अध्यक्ष उमेदवार सुबास सरदार, उपाध्यक्ष उमेदवार सीतादेवी राजवंशीसहितको टोलीले चुनावी सन्देश बोकेर कटहरी १ परिक्रमा गरेको छ ।

स्थानीयबासीका अनुसार बिगतका वर्षको तुलनामा कटहरीमा यसवर्ष एमाले बलियो देखिएको छ । विभिन्न पार्टी परित्याग गरेर एमालेमा थपिनेको संख्या अत्याधिक रहेकाले यस निर्वाचनमा एमालेले जित्ने कटहरी ३ का राम राजवंशीको भनाई छ ।
एमालेका सात वटै वडामा वडाका उमेदवारहरुले घरदैलो सम्पन्न गरेका छन् । मतदातालाई थप सुशुचित गर्न अध्यक्ष र उपाध्यक्षका उमेदवारसहित बृहत कार्यक्रम संचालन भइरहेको नेता बुढाथोकीले बताए ।

कटहरी २ का वडा सदस्यका उमेदवार ब्रह्मदेव पासवानका अनुसार एमाले सबल हुनुका पछाडि उनीहरुको एक समुह नै जनता समाजबादी पार्टी त्यागरेर एमालेमा प्रवेश गरेको थियो । २०७४ को निर्वाचनमा वडाध्यक्ष पदमा २८ मतले पराजित भएका पासवान यस पटक एमालेबाट सदस्य पदमा उमेदवार छन् । सानो पार्टीबाट अध्यक्षमा सामान्य मतले पराजित भएपनि ठूलो पार्टीबाट सदस्य पदमै उमेदवारी दिंदा आपूmलाई सन्तुष्टि मिलेको उनले बताए ।

२०५४ को निर्वाचनमा कटहरीमा एमालेले नै जितेको थियो । २० वर्षपछिको निर्वाचनमा भनें एमाले दोस्रो स्थानमा आएको थियो । यस पटक गठबन्धन दलभित्र देखिएको कलहका कारण कटहरीमा उनीहरु एकजुट हुन सकेनन् । संघ, प्रदेश र स्थानीय तहरुमा गठबन्धन कायम रहेपनि कटहरीमा उनीहरु बीचको बेमेलको फाइदा एमालेले पाउने कटहरी २ का सदस्य उमेदवार अमित चौहानले बताए ।

कटहरी १ का वडाध्यक्षका उमेदवार हरि राजवंशीका अनुसार, सो वडामा अन्य दलहरुभित्र आपसी बिवाद छ । पार्टीभित्रकै उमेदवारलाई सहयोग नगर्ने अवस्था भएकाले एकढिक्का रहेको एमालेलाई स्थानीयले मत दिने देखिएको छ । पाँचवर्षको अवधिमा कटहरीमा जितेका जनप्रतिनिधिले जनताले चाहेजस्तो विकास गर्न सकेनन् । जनप्रतिनिधिले सडक बनाएपनि आफ्नो खेतलाई घडेरी बनाउने नयाँ बाटो खोल्ने काम मात्रै गरेको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!