बुधबार, फाल्गुण १४, २०७६ || 1494  पटक पढिएको

उदयपूरका चर्चित गायक विनोद दनुवार र नेपाली साङ्गितिक क्षेत्रकी एक चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत “दुई एकान दुई” सार्वजनिक भएको छ । शैनध्वज दनुवारको शब्द सिर्जनामा रहेको गीतमा विनोद दनुवारले नै संगित भरेका हुन् ।

नेपालकी चर्चित गायिका अन्जु पन्तसँगको सहकार्यमा रहेको उक्त गीत दनुवारले म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् ।

नेपालको चर्चित सिङ्गिङ रियालिटी शो क्ष्ःभ् नेपाल लोक स्टारको सेकेण्ड रनर अप समेत बनेका दनुवारलाई असअघिको पूर्वेली लोक भाका रहेको समावेशी गीत “गाइघाट बजार” ले थप चर्चा बटुल्न सहयोग गरेको थियो ।

विनोद दनुवार र रिता राईको आवाजमा रहेको उक्त गीतमा मंगल राईको शब्द र निकेश राईको संगित रहेको थियो । गाइघाट बजारको म्युजिक भिडियो पूर्वाञ्चलका प्राय सबै स्थानहरुलाई समेटेर छायाङ्कन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!