हिपमत डटकम

बुधबार, बैशाख ०७, २०७९ || 714  पटक पढिएको

बिराटनगर। सुनवर्षी नगरपालिकाको मेयरमा २६ बर्षीय वीरेन्द्रकुमार साहको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेस सुनवर्षी नगर समितिले नेका जिल्ला सदस्य, पत्रकार महासंघ मोरङका सदस्य समेत रहेका साहको नाम सिफारिस गरेको हो ।

‘राजनीतिमा पाका हावी भएको बेला मेरो उपस्थितिले युवालाई ऊर्जाशील बनाउने छ’ साहले भने, ‘राजनीतिमा हामीजस्ता युवा आएर सम्वृद्ध समाजको परिकल्पना गर्न सक्छौं ।’ साह एभिन्यूज टेलिभिजनका समाचारदातासमेत हुन । उनी हिपमत मिडिया हाउसका अध्यक्षसमेत हुन ।

राजनीतिलाई सेवाको माध्यम बनाउने प्रणसहित राजनीतिमा सक्रिय रहेका साहले आफुले मेयरमा टिकट पाएर विजयी भएको अवस्थामा प्राप्त सुबिधासमेत जनहितमा खर्च गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!