हिपमत डटकम

आइतबार, चैत्र २७, २०७८ || 780  पटक पढिएको

विराटनगर । “योगदान रास्ट्रका लागि” विराटनगर महानगर शाखाको अध्यक्षमा बैधनाथ शाह सर्वसहमत चयन भएका छन्।

शनिवार आयोजित मोरङ जिल्ला अन्तरगत विराटनगर महानगरपालिका शाखा कार्यसमिति गठन तथा सदस्य वितरण कार्यक्रमले शाहलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

त्यस्तै कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी नेपाल चयन हुँदा सचिवमा मोहमद समिम अन्सारी, सहसचिवमा मोहमद अब्राइम र तनिशा मैनाली चयन भए ।

यसैगरि कोषाध्यक्षमा सागर डङ्गोल, सहकोषाध्यक्षमा सन्जिब कोइराला, सदस्यमा कौशल शर्मा, अमित खड्का, राकेश दङ्गाल, नितेश शाह, सरोज सुवेदी गरि १३ जनाको समिति गठन भएको छ ।

प्राथमिक उपचारको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको सामाजिक संस्था भएकाले महानगरमा पनि सामाजिक काम संगै प्राथमिक उपचारको बारेमा तालिमहरु संचालन गर्न तथा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग गर्ने लगायतको क्षेत्रमा “योगदान रास्ट्रको लागि” सस्थाले काम गर्ने मोरङ जिल्ला अध्यक्ष सम्योग ढकालले जानकारी दिए ।

समिति गठनपछि बोल्दै अध्यक्ष शाहले विराटनगरको १९ वटै वडामा आँखा शिविर सञ्चालन गर्ने बताए ।कार्यक्रम मोरङ जिल्ला अध्यक्ष ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!