
जी-बब नामले चर्चित र्यापर सुदीप भण्डारीले ‘ए मेरो हजुर ४’को एउटा गीतलाई गएका छन्। एएनटीएफ गायन प्रतिस्पर्धाबाट चिनिएका जी-बब सामाजिक सञ्जालमा भाइरल छन् ।

गीतमा उनकै शब्द र संगीत रहेको जनाइएको छ ।
अनमोल र जी-बबबीच बुधबार बेलुका नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा भेटघाट समेत भएको जनाइएको छ । भेटघाटको तस्वीर सार्वजनिक भएको छ । जहाँ फिल्म र गायन विधाका दुई स्टारलाई देख्न सकिन्छ ।
स्रोतका अनुसार जी-बबले गाएको गीतलाई चाँडै रिलिज गर्ने तयारी छ । एएनटीएफ प्रतिस्पर्धाको फाइनलबाट अचानक हराएपछि जी-बब सबैको खोजीका पात्र समेत थिए । टिकटकमा उनका गीत अहिले पनि भाइरल बनिरहेका छन् ।
अनमोल र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते रिलिज हुँदैछ ।