हिपमत डटकम

शनिबार, चैत्र १९, २०७८ || 704  पटक पढिएको

एजेन्सी । ऋणको जालोमा फसेर आर्थिक संकटमा परेको श्रीलंकामा हिंसा भड्किएसँगै संकटकाल घोषणा गरिएको छ । त्यहाँको सरकारले गएरातिबाट संकटकाल घोषणा गरेको हो ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेसँगै सेना परिचालन भएको छ । त्यहाँ प्रदर्शनकारीमाथि बल प्रयोग हुन थालेको छ ।

आर्थिक संकटले श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ । परीक्षाका लागि कागज समेत किन्न नसकेर स्थगित भएको छ । श्रीलंका अरबौं डलरको ऋणमा परेको छ । उसले पूर्वाधार विकासका लागि चीनलगायत विभिन्न अन्तर्राष्ट्रिय निकायमा महङ्गो ब्याजमा ऋण लिएको थियो । श्रीलंकामा भौतिक विकास त भयो तर ऋणको जालोमा फस्न पुग्यो ।

यसैगरी, श्रीलंकाका तामिलहरुलाई मानवीय सहयोग गर्न भारतको तालिम नाडुका मुख्यमन्त्री स्टालिनले बिहिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आग्रह गरेका छन् । श्रीलंकाका तामिलहरु समुन्द्री मार्गबाट तालिम नाडु पस्न थालेका छन् ।

श्रीलंकामा ग्याँस र पेट्रोलका लागि लामहरु देखिन थालेको छ । त्यहाँ दैनिक १३ घन्टासम्मको लोडसेडिङ भइरहेको छ । श्रीलंका विगतको पृथकतवादी हिंसात्मक गतिविधिका बेलामा भन्दा ठूलो संकटमा परेको छ ।

मानिसहरुमा आक्रोश यतिसम्म बढेको छ कि राष्ट्रपति राजापाक्षेको निजी निवासमा समेत आगजनीको प्रयास भएको छ । उनको राजीनामा मागिएको छ । श्रीलंकामा राजापाक्षेको परिवार राष्ट्रपति, प्रधानमन्त्रीलगायत शक्तिशाली पदमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!