टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) सँगको खेलमा नेपालले २०४ रनको लक्ष्य पिएनजीलाई दिएको छ । नेपालले २० आभोर पुरा खेलेल ७ बिकेट गुमाउदै २०३ रन बनाएको हो । नेपालले १२.४ ओभरमा शतक पूरा गरेको थियो ।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई १७ रनमा गुमाउन पुग्यो । उनले आज २० बलमा २ चौकासहित १७ रन बनाए । त्यस्तै, अर्का ओपनर आसिफ शेखले भने आज पनि राम्रो लय देखाए । अघिल्लो खेलमा अर्धशतकीय पारी खेलेका उनले आज २९ बलमा चार चौका र एक छक्कासहित ३८ रनको पारी खेले ।

त्यसैगरी रोहित पौडेल २२ बलमा ४१ रन, दीपेन्द्रसिंह ऐरीले ३३ बलमा चार छका र तिन चौकाको मदतले ६६ रन बनाएको हो ।

आजको खेलमा युवा अलराउन्डर आदिल अन्सारीले डेब्यू गरेका छन् । उनले जम्मा ११ बलमै ३१ रन बनाए । आजको खेलमा उनले ३ छका र १ चौका लगाएको हो । उनलाई नेपाली क्रिकेट टोलीका पूर्वक्रिकेटर तथा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू क्याप दिए । आदिल आक्रामक ब्याटिङको लागि चिनिन्छन् । उनले कुशल मल्लको स्थान लिँदै डेब्यूको मौका पाए ।

बाकी खेलाडीले दोहोरो अकं बनाउन सकेन् ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!