हिपमत डटकम

सोमबार, चैत्र १४, २०७८ || 531  पटक पढिएको

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा अन्तर्गतको पहिलो खेलमा नेपालले पीएनजीमाथि जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए ।

यस्तै, रोहितले २६ बलमा ३४ रन जोडे भने कुशल भुर्तेल ११ बलमा २० रन बनाउदै रनआउट हुन पुगे । आरिफ सेखले ३१ रन जोडे ।

बलिङ तर्फ नेपालका लागि कप्तान सन्दीप लामीछाने र करण केसीले समान ३÷३ विकेट लिए ।

साथै, अभिनास बोहोराले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!