हिपमत डटकम

मंगलबार, चैत्र ०१, २०७८ || 552  पटक पढिएको

दुई सातादेखि युद्धरत रुस र युक्रेनबीच सोमबार चौथो चरणको वार्ता भएको छ। दुई देशका वार्ताटोलीले संवाद युद्धविराम र युक्रेनबाट रुसी सैनिक फिर्ता गर्ने तथा युक्रेनको सुरक्षा सुनिश्चिततालगायतका विषयमा केन्द्रित गरेको युक्रेनी वार्ताटोलीका सदस्य मखाइलो पोदोल्याकले बताएका छन्।

यसपटकको वार्तामा मस्को रचनात्मक ढंगले प्रस्तुत भएको युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले बताएका छन्। रुसले अघिल्लोपटक जस्तो यसपटक अल्टिमेटम दिने वा आत्मसमर्पणका लागि चेनावनी दिनेभन्दा पनि रचनात्मक ढंगले वार्ता गरिरहेको उनले बताए।

युद्ध अन्त्यका लागि दुई मुलुकबीच वार्ता भइरहँदा रुसले भने युक्रेनको राजधानी किएभलगायतका सहरमा निरन्तर बमबारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसी हमलामा परी युक्रेनका गैरसैनिकसमेत मारिएका छन्।

युक्रेनी सहर परिउपोलमा रुसी सेनाले प्रसूति अस्पतालमा बम हमला गर्दा एक गर्भवती महिला र उनको बच्चाको मृत्यु भएको छ। उनी प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!