लेटाङ । हात्तिपाईले रोग बिरुद्दको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको छ । लेटाङ नगरप्रमुख शंकर राइले औषधि सेवन गरि कार्यक्रमको उद्घाटन गरिएको हो ।
रास्ट्रीय हात्तिलाईले रोग निवारण कार्यक्रम २०७८ आम औषधि सेवन कार्यक्रम अन्तरगत लेटाङ नगरपालिकालाई हात्तिपाईले रोग मुक्त नगर बनाउने उदेश्य सहित औषधि सेवनको कार्यक्रम सुरु गरिएको नगरप्रमुख राईले जानकारी दिए ।
चैत १२ गते सम्म घर घरमा पुगेर औषधि खुवाउने कार्यक्रम रहेको लेटाङ नगरपालिका स्वास्थ शाखा प्रमुख दिनेश कुमार चौधरीले बताए।
सात दिन सम्मकी सुत्केरी, ओछ्यानमा परेका बिरामी , छारेरोग भएका ब्यक्तिहरुले औषधि सेवन गर्न नहुने भन्दै यी स्म्मस्या बाहेक सबैले औषधि खान आवश्यक छ र गत बर्षको भन्दा यस बर्स उत्साहजनक सहभागिता भएको चौधरीले बताए।