हिपमत डटकम

शुक्रबार, फाल्गुण २७, २०७८ || 543  पटक पढिएको

विश्वभरीका प्रहरी एजेन्सीहरुको संगठन इन्टरपोलले अन्य देशमा भएका आफ्ना वान्टेड अपराधीलाई हिरासतमा लिने रुसको अनुरोधमा विशेष प्रक्रिया अन्तर्गत कारवाही गरिने बताएको छ ।

बीबीसी रुसी सेवाको रिपोर्ट अनुसार इन्टरपोलका महासचिवको कार्यालयलाई मात्र रुसको आवेदनमा निर्णय गर्ने अधिकार दिइनेछ । त्यहाँबाट स्वीकृति पाएपछि मात्रै रुसको अनुरोध अन्य देशमा पठाइनेछ ।

यो निर्णयको उद्देश्य रुसले इन्टरपोललाई राजनीतिक मुद्दाका लागि नगरोस् भन्ने सुनिश्चित गर्नु रहेको बताइएको छ ।

इन्टरपोलले एक बयानमा भनेको छ, ‘इन्टरपोलको कामकाज आधारभूत तटस्थतामा आधारित छ ।’

रुसलाई इन्टरपोलबाट बाहिर निकाल्ने थुप्रै देशले अपिल गरेका थिए तर अन्तर्राष्ट्रिय प्रहरी एजेन्सीले त्यो खारेज गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!