हिपमत डटकम

शुक्रबार, फाल्गुण २७, २०७८ || 553  पटक पढिएको

रुस–युक्रनबीच युद्ध भएको आज १६ दिन भएको छ । रुसको सेना किभको थप नजिक पुुगेको छ । उता संयुुक्त राष्ट्र संघ सुुरक्षा परिषदमा शुक्रबार रुसको उक्त दावीमाथि छलफल हुनेछ, जसमा रुसले युक्रेनको भूमिमा अमेरिकी सेनाको जैविक गतिविधि देखिएको दावी गरेको थियो ।

 

अर्कातिर रुसले प्रत्येक दिन बिहान १० बजे आफ्नो तर्फबाट मानवीय बाटो बनाउने कुरा गरेको थियो । युद्धमा फसेका नागरिकलाई निकाल्न सकियोस् वा उनीहरुलाई मानवीय सहायता पुु¥याउन सकियोस् भनेर मानवीय बाटो बनाउने कुरा गरेको हो ।

यसैबीच संयुक्त राष्ट्रसंघले यो समय युद्ध प्रभावितलाई समर्थन गर्ने र उनीहरुप्रति आत्मियता देखाउने समय भएको बताएको छ । यसैगरी युक्रेनका शिक्षा मन्त्रीले रुसले आफ्नो देशमा २८० स्कुल कलेज ध्वस्त पारेको दावी गरेका छन् । यसबारे रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले एक भनाइ सार्वजनिक गरेका छन् । युक्रेन र टर्कीका विदेश मन्त्रीसँगको बैठकपछि लाभारोभले युद्धको अन्त्यबारे कुरा गर्न तयार रहेको उनले बताए । उनले रुसले कहिल्यै युद्ध नचाहेको पनि जिकिर गरे ।

उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीच बैठक हुन सक्ने पनि बताए । परमाणु युद्ध सुरु हुने आफूलाई नलागेको समेत उनको भनाइ छ ।

किभको थप नजिक पुुग्यो रुसी सेना

रुसले युक्रेनको चार ठूला शहरलाई घेरिसकेको छ र उसको सेना राजधानी किभ नजिक पुगिसकेको छ । रुसी हमलाको बावजुद पूर्वमा खार्किभ अझै युक्रेनकै नियन्त्रणमा रहेको छ । तर मानवीय करिडोरको माध्यमबाट त्यहाँबाट हजारौँ मानिस सुरक्षित रुपमा निक्लन सफल भएका छन् ।

किभमाथि रुसले आफ्नो दृष्टि लगाइरहेको छ र शहरको सीमामा चारैतर्फबाट रुसी सैनिकले घेरा हालेको समाचारमा जनाइएको छ । विगत २ दिनमा युक्रेनको सुुमी र किभबाट ८० हजार मानिस बाहिरिसकेका छन् ।
अमेरिकाले आफ्नो सेना युक्रेनमा नपठाउने

यता रुसको विरुद्धमा युद्ध लड्नका लागि सेना युक्रेन पठाउने कुनै योजना नभएको अमेरिकाले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले आफूहरु विश्व युद्ध हुनबाट रोक्न लागिपरेको बताए । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति तैयप एर्दोगानसँग रुस–युक्रेन युुद्धको विषयलाई लिएर कुराकानी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!