हिपमत डटकम

बिहिबार, फाल्गुण १९, २०७८ || 500  पटक पढिएको

नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका जाँदैछ। नेपाली टिम आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा आयोजना हुने एकदिवसीय सिरिजका लागि श्रीलंकामा प्रशिक्षण गर्न जान लागेको हो।

नेपाली टिम शनिबार श्रीलंका जान लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका अनुसार नेपालले श्रीलंकामा चार अभ्यास म्याच खेल्ने भएको छ। नेपालले त्यहाँका बलिया टोलीसँग चार अभ्यास खेल खेल्ने भएको हो।

ती टिमबाट श्रीलंका राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले पनि खेल्न सक्ने सम्भावना रहेको क्यानले जनाएको छ। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले श्रीलंकामा अभ्यास खेल खेल्ने वातावरण मिलाएका हुन्।

अभ्यासपछि नेपाली टोली उतैबाट मार्च १३ मा यूएई जानेछ। प्रशिक्षक पुबुदुले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएका छन्। तर, यूएई भ्रमणमा १६ सदस्य खेलाडी जानेछन्।

नेपालले युएईमा मार्चमा सिरिज खेल्नेछ । सिरिजमा युएई, नेपाल र पीएनजी सहभागी छन् । सिरिजमा नेपाली टिमको कप्तानी सन्दीप लामिछानेले नै गर्नेछन्। सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ। नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ। नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ।

नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ। लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन्। सिरिजमा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ।

दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो। यस्तै अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।

लिग–२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। ८ अंक जोडेको नेपाल अंक तालिकमा छैटौं स्ठानमा छ। शीर्ष स्थानमा ओमान २३ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ।

दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलबाट १६ अंक जोडेको छ। तेस्रो स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक र चौथो स्थानको यूएईको १० खेलबाट १२ अंक छ। नामिबिया ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ। नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीले १२ खेल खेल्दा अंक जोड्न सकेको छैन।

बन्द प्रशिक्षणमा रहेका खेलाडी :- 

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की, पवन सर्राफ, सुशन भारी, राजु रिजाल र अनिलकुमार शाह।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!