हिपमत डटकम

बुधबार, फाल्गुण १८, २०७८ || 604  पटक पढिएको

क्रिकेटको विश्वभर आफ्नै क्रेज छ। यद्यपि यो खेल केवल सीमित देशहरूमा मात्र खेलाइन्छ। तर, फ्यानहरू भने विश्वभरि नै छन्। इतिहास पल्टाउने हो भने क्रिकेटमा धेरै रेकर्ड बनिसकेका छन्। वेष्ट इन्डिजका केइरन पोलार्ड, दक्षिण अफ्रिकाका हर्शल गिब्स, भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का हिर्काएर विश्व कीर्तिमान बनाएका छन्।

अस्ट्रेलियाका एलेड क्यारीले ६ बलमै ६ विकेट लिने अनौठौ कीर्तिमान बनाएका छन्। क्रिकेटमा असम्भव केही छैन। क्रिकेटको खेल होस् र त्यसमा कीर्तिमान नबनोस्, यो हुनै सक्दैन्।

पछिल्लो समयमा संसारमा त्यस्ता बलर नै नहोलान्, जसको बलले कहिल्यै छक्का नखाएको होस्। तर, क्रिकेट इतिहासमा पाँच यस्ता बलर पनि छन्, जसको बलले एउटा छक्का पनि खाएन्। हेरौँ ती पाँच बलरलाई जसको बलमा कहिल्यै छक्का प्रहार भएन।

१. ड्यारेन प्रिन्गल (इंग्ल्यान्ड)

इंग्ल्यान्डका स्टार बलर ड्यारेन प्रिन्गललाई कसले भुल्न सक्दैनन्। प्रिन्गलले आफ्नो खेल करियरमा इतिहास नबनाएको कुनै क्षण नहोला। केन्यामा जन्मेका डेरेकले ब्याट्सम्यानको रूपमा आफ्नो करियर सुरु गरेका थिए। तर, उनले मध्यम गतिका बलरको रूपमा पनि आफ्नो छाप छोडे। उनले इंग्ल्यान्डका लागि ३० टेस्ट खेल खेलेका छन्। ड्यारेनले पाँच हजार दुई सय ८७ बल बलिङ गर्दै ७० विकेट लिए। उनको बलमा कुनै पनि ब्याट्सम्यानले छक्का प्रहार गर्न सकेनन्।

२. मुदस्सर नजर (पाकिस्तान)

सन् १९७६ देखि १९८९ सम्म पाकिस्तानका लागि खेलेका मुदस्सर नजरले ७६ टेस्ट र एक सय १२ एकदिवसीय खेल खेले। यति मात्र होइन, टेस्टको कुरा गर्ने हो भने मुदस्सर नजरले बलरको रूपमा पाँच हजार आठ सय ६७ बल बलिङ गरे। तर, कुनै पनि ब्याट्सम्यानले छक्का प्रहार गर्न सकेनन्।

३. मोहम्मद हुसैन (पाकिस्तान)

पाकिस्तानका पूर्वतीव्र गतिका बलर मोहम्मद हुसैनले सन् १९५२-१९५३ को भारत भ्रमणका क्रममा टेस्ट क्रिकेटमा ‘डेब्यु’ गरेका थिए। हुसेनले पाकिस्तानका लागि २७ टेस्ट खेले। यस अवधिमा उनले पाँच हजार नाै सय १० बल बलिङ गर्दै ६८ विकेट लिए। उनले आफ्नो करियरमा कहिल्यै छक्का खाएनन्।

४. किथ मिलर (अष्ट्रेलिया)

अस्ट्रेलियाका लागि ५५ टेस्ट खेल खेलेका किथ मिलरले आफ्नो करियरमा एक सय ७० विकेट लिएका थिए। यस क्रममा उनले १० हजार चार सय ६१ बल बलिङ गरे। तर, कुनै पनि ब्याट्सम्यानले छक्का प्रहार गर्न सकेनन्।

५. निल हक (अष्ट्रेलिया)

अष्ट्रेलियाका पूर्वखेलाडी निल हकले सन् १९६३ मा अष्ट्रेलियामा डेब्यु गरेका थिए। उनले २७ टेस्ट खेल खेलेका थिए। एक सय ४५ प्रथम श्रेणी खेल खेलेका उनले ६ हजार नाै सय ८७ बल बलिङ गरे। तर, कुनै पनि ब्याट्सम्यानले उनको बलमा छक्का प्रहार गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!