हिपमत डटकम

बिहिबार, फाल्गुण ०५, २०७८ || 620  पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो । ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् । जसमध्‍ये १७ हजार ५८० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ भने ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!