हिपमत डटकम

शुक्रबार, माघ २१, २०७८ || 828  पटक पढिएको

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका–४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । काठमाडौं बाहिर पहिलो पटक दुरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताउँछन् । ‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिइन्छ, अप्रेशन गर्नुपर्ने देखिएमा प्रायः चिरेर गरिन्छ । तर, दुरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अप्रेशन कमै हुन्छ ।’ डा.काफ्ले भन्छन्, ‘काठमाडौं बाहिर पहिलो पटक हामीले यस्तो अप्रेशन सफलतापूर्वक गरेका हौं, यसअघि मोफसलमा यस्तो अप्रेशन भएको थिएन ।’

धिमालको ढाडमा सानो प्वाल बनाएर दुरविनको माध्यमबाट अप्रेशन गरिएको हो । यसअघि यस्तो अप्रेशन चिरेर गर्ने गरिन्थ्यो । दुरविनको माध्यमबाट अन्य किसिमका अप्रेशन भइरहन्छन् । नोबेलमै पनि दुरविनको प्रयोग गरेर दिनमै दर्जनौैं अप्रेशन गर्ने गरिएको छ । तर, ढाडको नसा च्यापिएको समस्याको अप्रेशनमा भने यो विधि प्रयोग गर्ने गरिएको थिएन । यो नयाँ प्रविधिबाट नोबेलले पहिलो पटक अप्रेशन थालेको हो ।

दुरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अप्रेशन गर्दा सानो घाउ हुँने भएकाले विरामीलाई निकै सहज हुन्छ । सानो घाउ हुँनाले अप्रेशन गरेको दिन अथवा भोलिपल्ट नै विरामी घर जान सक्ने चिकित्सकहरु बताउँछन् । विरामी धिमालले पनि बर्षौं अघिदेखिको समस्या अप्रेशनपछि तत्काल सुधार भएको प्रतिक्रिया दिए । अप्रेशनपछि निको भएर धिमाल अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!