बीरेन्द्रकुमार साह

आइतबार, माघ १६, २०७८ || 1203  पटक पढिएको

बिराटनगर। विराटनगरबाट प्रकाशित हुने लोकप्रिय न्यू सृष्टि दैनिक नेपाल प्रेस काउन्सीलको वर्गिकरणमा ‘क’ वर्गमा सूचिकृत भएको छ ।
काउन्सीलले देशभर नियमित प्रकाशन हुँदै आएका दैनिक, साप्ताहिकलगायतका अखबारको अनुगमन र वर्गिकरण गर्दै आएको छ । वर्गिकरणमा समावेश अखबारका लागि सरकारले लोक कल्याणकारी विज्ञापनसमेत उपलब्ध गराउँछ ।

२०६७ चैत पहिलो हप्तादेखि दैनिक रूपमा प्रकाशन सुरु भएको न्यू सृष्टि दैनिक यसअघि ‘ख’ मा थियो । काउन्सीलले २०७५÷०७८ र ०७६÷०७७ को एकमुष्ठ दुई बर्षको वर्गिकरण सार्वजनिक गरेको हो । दुबै बर्षका लागि न्यू सृष्टि दैनिक ‘क’ मा सूचिकृत भएको हो । ब्रोडसिट आकारमा रंगीन कलेवरमा प्रकाशित भइरहेको चार पृष्ठको न्यू सृष्टि दैनिकमा ३ दर्जनभन्दा बढी संचारकर्मी कार्यरत छन् । श्यामश्वेतबाट प्रकाशन सुरु भएको न्यू सृष्टि दैनिक पहिले साप्ताहिक थियो । कोरोना महामारीको बेलामा समेत चरम आर्थिक संकटसित जुधेर न्यू सृष्टि दैनिक हप्ताको ६ दिन पाठकमाँझ उपस्थित हुने गरेको छ ।

‘ज्यादै मेहनत गरेर अघि बढेको हाम्रो टिमका लागि स्थापनाको एक दशकपछि ‘क’ वर्गमा सूचिकृत हुनु खुसीको कुरा हो’ न्यू सृष्टि दैनिकले भनेको छ, ‘जिम्मेवार पत्रकारितामा हामी अझै उत्साहित अनि सक्रिय भएर लाग्ने छौं ।’ काउन्सीलको हरेक नियम, आचारसंहिताको पालना गर्दै आएको न्यू सृष्टि दैनिक स्थानियतर्फ सूचिकृत भएको हो । सरकारले सूचिकृत संचारमाध्यमलाई मासिक अनुदान उपलब्ध गराउने गर्छ ।
काउन्सीलले जारी गरेको जानकारीअनुसार पूर्वमा नियमित प्रकाशित हुने अधिकांश दैनिकलाई न्याय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!