भारतमा शुक्रबार २ लाख ३५ हजार ५३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस दौरान ३ लाख ३५ हजार सङ्क्रमित निको भएका छन् । त्यस्तै, थप ८७१ जनाले ज्यान पनि गुमाएका छन् ।

यसअघि बिहीबार देशमा २ लाख ५१ हजार २०९ जना सङ्क्रमित फेला परेका थिए भने ६२७ जनाले ज्यान गुमाएका थिए । अघिल्लो दिनको तुलनामा १५ हजार ६७७ जना कम सङ्क्रमित फेला परेका छन् । शुक्रबार सङ्क्रमण दर घटेर १३.३९ प्रतिशत पुगेको छ । बिहीबार यो दर १५.८८ प्रतिशत रहेको थियो ।

पछिल्ला ८ दिनदेखि भारतमा नयाँ सङ्क्रमितको सङ्ख्यामा लगातार गिरावट आइरहेको छ । हाल भारमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ४ हजार रहेको छ । भारतमा हालसम्म ४ करोड ८ लाख ५७ हजार ९२२ जना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३ करोड ८३ लाख ४९ हजार ५९ जना निको पनि भएका छन् ।

त्यस्तै, ४ लाख ९३ हजार १९५ जनाले ज्यान पनि गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!