भारतीय गायिका नेहा कक्कड र हिमांश कोहलीको ब्रेकअप भएको १४ महिना बितिसकेको छ । तर उनीहरु बीचको सम्बन्धमा पुनः तनाव देखिएको छ । हुन त नेहा आफ्नो सम्बन्ध टुटेकोमा थुप्रै कार्यक्रममा रोइरहेको देखिएकी थिइन् । उनको यस्तो व्यवहार देखेर हिमांशले नै उनलाई धोका दिएको भन्ने अनुमान गरिएको थियो । अब यी सबै विवादमाथि हिमांश कोहलीको जवाफ आएको छ जसलाई सुनेर नेहा कक्कड निकै कडा रुपमा प्रस्तुत भएकी छिन् ।

नेहाले इन्स्टाग्राममा एउटा लामो पोस्ट सेयर गरेकी छिन् । उनले निकै घुमाउरो शैलीमा हिमांशमाथि उनको इमेज खराब गरेको आरोप लगाएकी छिन् । नेहा लेख्छिन्, ‘जसले मेरा बारे नराम्रो भनिरहेका छन्, उनीहरु झुटा हुन् र मेरो सफलता देखेर डाहा गरिरहेका छन् । उनीहरुलाई मेरो नाम लिएर मिडियामा आउनु छ । पहिला पनि यस्तै गरिएको थियो । मेरो पछाडि पनि यस्तै गरियो । यदि चर्चित हुन मन छ भने आफ्नो कामबाट बन मेरो नामबाट होइन ।’

नेहाले आफ्नो पोस्टमा एकपटक पनि हिमांशको नाम लिइनन् तर उनले उनकै लागि यस्तो लामो पोस्ट लेखेको स्पष्ट हुन्छ । नेहा यत्ति भनेर मात्रै रोकिइनन् । उनको हिमांश कोहलीविरुद्धको रिस स्पष्ट देख्न सकिन्थ्यो । उनले हिमांशको पूरा परिवारकै पर्दाफास गर्न सक्ने बताएकी छिन् ।

नेहा लेख्छिन्, ‘यदि मैले मेरो मुख खोल्न सुरु गरेँ भने म तिम्रो आमा, बुवा र बहिनीको कर्तुत पनि सार्वजनिक गरिदिनेछु । उनीहरुले ममाथि कस्तो व्यवहार गरेका थिए, मलाई के–के भनेका थिए । मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोसिस नगर । मबाट टाढै बस र मेरो नामबाट पनि ।’

स्मरण रहोस्, हिमांश कोहलीले हालै नेहासँगको ब्रेकअपबारे मुख खोलेको थिए । उनले उक्त ब्रेकअप पछि उनलाई संसारले नै भिलेनमा रुपमा हेरिएको बताएका छन् । उनले भने, ‘कसैले पनि वास्तविकता के थियो भनेर जान्न चाहँदैनथ्यो र म भिलेन बनेको थिएँ । यसले मलाई निकै तनावमा पारेको थियो । मैले केही पनि भनेको थिइनँ र मानिसहरुले आ–आफ्नो निष्कर्ष निकाल्न थालेका थिए, उसले भनेको कुरालाई आधार बनाएर ।’

हिमांशको यही बयानपछि नेहा कक्कडको रिसको पारो सबैभन्दा माथि पुगेको छ । उनले हिमांश र उनको परिवारलाई नै तथानाम भनिन् ।

https://www.instagram.com/p/B8slasBnWMB/

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!