सुनसरी जिल्लाको दुहबीमा प्रथम मेयरकप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
दुहबी नगपालिकाका मेयर देब नारायण गच्छेदारले ब्याटीङ गदै खेलको उद्धघाटन गरेका थिए ।
आजको सुरुवाती खेल दुहवी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ६ बिच हुदै छ ।
२०७८ साल मंसिर १६ गते देखि २० गते सम्म चल्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई रु २५००० र दोस्रो हुनेलाई १२००० नगद सहित सिल्ड र मेडल समेत प्रदान गरीनेछ ।