हिपमत डटकम

बुधबार, मंसिर १५, २०७८ || 640  पटक पढिएको

एजेन्स। अस्ट्रेलियाको संसदमा महिला कर्मचारीमाथि यौन उत्पीडन व्यापक रूपमा हुने गरेको पाइएको छ ।

त्यस देशको मानवअधिकार आयोगले दिएको प्रतिवेदनअनुसार, लगभग ६३ जना महिला सांसदलाई संसद् भित्रै यौन शोषण गरिएको छ ।

कुल १७ सय २३ जनाले संसद्का ३३ प्रतिशत कर्मचारी कम्तीमा एकपटक यौन उत्पीडनको शिकार बनेको बताए । अनि ५१ प्रतिशतमाथि बलात्कारको कोशिश गरेको बताइएको छ ।

सरकारकी एक पूर्व सल्लाहकारले संसद् भवनभित्र बलात्कारको शिकार बन्नुपरेको आरोप लगाएपछि स्कट मोरिसन सरकारले मानवअधिकार आयोगबाट त्यसको अनुसन्धान गराएको थियो ।

प्रतिवेदनमा आश्चर्यजनक तथ्यहरू खुलेका छन् । सोधपुछका क्रममा एक पुरुष सांसदले महिलालाई चुम्बन गर्न, उसलाई उठाउन, छुन, टिप्पणी गर्नु गलत नभएको बताए ।

यस किसिमका घटनाले महिलाहरूलाई नराम्रो असर पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । संसद्को काम त्यसबाट प्रभावित हुन्छ ।

प्रधानमन्त्री मोरिसनले यस प्रतिवेदनलाई भयावह संज्ञा दिएका छन् ।

पुरुषहरू संसद्को कोरिडोरमा घुम्ने गरेको र महिलाहरूलाई तलमाथि गइरहेको बेलामा घुरेर हेर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । पुरुष सांसदहरू रक्सीको नशामा रहने गरेको र कतिपय बेलामा मर्यादा नाघ्ने गरेको पनि बताइएको छ ।

अस्ट्रेलियाको संसद् र संघीय नेताहरूको कार्यालयमा काम गर्ने एकतिहाइले यौन उत्पीडनको सामना गरेको तर तीमध्ये ११ प्रतिशतले मात्र उजुरी दर्ता गराएको प्रतिवेदनमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!