हिपमत डटकम

मंगलबार, मंसिर १४, २०७८ || 600  पटक पढिएको

नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।

उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुकाअनुसार सो हमला कसले ग¥यो भन्ने बारेमाा केही खुल्न सकेको छैन । कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ । पहिले पनि यहाँका जेलहरुमा यसरी नै पटक पटक हमला हुने गर्दथ्यो ।

यहाँका कारागार सम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन् । उनीहरुले जेलबाट भागेकाहरुको पनि खोजी कार्य प्रहरीले सुरु गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!