हिपमत डटकम

मंगलबार, मंसिर १४, २०७८ || 485  पटक पढिएको

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।

घुँडाको चोटका कारण २९ वर्षीय ब्राजिलियन फरवार्ड नेमार ८ हप्ता मैदान बाहिर रहने क्लबले जनाएको छ । पीएसजीका अनुसार नेमारको देब्रे घुँडाको लिगामेन्टमा चोट लागेको छ । फ्रेन्च लिग अन्तर्गत सेन्ट इटिएनविरुद्ध ३-१ को जित हात पारेको खेलमा नेमार घाइते भएका थिए ।

नेयमारले अब फ्रेन्च लिग वानका ७ खेल गुमाउने छन् । यस्तै च्याम्पियन्स लिगको एक खेल पनि खेल गुमाउने छन् । फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पीएसजीले दोस्रो स्थानको रेन्समाथि १२ अंकको अग्रता बनाएको छ ।

पीएसजीले डिसेम्बर ७ मा च्याम्पियन लिग अन्तर्गत क्लब ब्रगसँग खेल्ने तालिका छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!