हिपमत डटकम

बिहिबार, मंसिर ०२, २०७८ || 491  पटक पढिएको

मैथिल समाज गैर बजारको आयोजना महाकवि विधापति पुण्य स्मृति पर्व समारोहको आज बुधबार आयोजना गरी सम्पन्न भएको छ ।

सर्लाहीको कबिलासी नगरपालिका वर्ड नं. ७ गौर बजारमा एक समारोह बिच कार्यक्रम सम्पन्न भएको हो । स्थानिय आगुवा तथा पुर्व प्राध्यापक रजनीकान्त झाको सभापतित्वमा भएको समारोहमा जनकपुरधाम जानकी मन्दिर उतराधिकारी महन्त रामरोशन दासकाे प्रमुख आतिथ्यता रहेको थियो । महाकवि विधापति पुण्य स्मृति पर्व समारोहमा सहभागी वक्ताहरुले महाकबि विधापतिको योगदान बारेमा चर्चा गरेका थिए ।समारोहका प्रमुख अतिथि लगायत अतिथिहरुले प्रदेश नम्बर २ को नमाकरण मिथिला प्रदेश हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी प्रमुख अतिथि विशिष्ट अतिथि ,अतिथि, पत्रकाहरुलाई मैथिल संस्कृति पहिचान झल्काउने गम्छा टोपी फुलमालाका साथ सम्मान गरिएको मैथिल समाजले जनाएको छ ।

मलंगवा संस्कृतिक कला केन्द्रका कलाकारहरुले समारोहलाई संगीत मार्फत आफ्नो कला प्रस्तुति गरेका थिए ।
समारोहमा मैथिल प्रवर्द्धन समिती सर्लाहीका अध्यक्ष एवं बरिस्ठ अधिवक्ता उमेशचन्द्र झा, बलिराम झा,शिवशंकर झा,नवल झा,महेन्द्रलाल कर्ण,बासुशरण कोइराला,चन्द्र किसोर झा, पुरुषाेतम झा, लगायत अतिथिहरु सहभागिता रहेको थियो । बिजय झाले उद्घघोषक गरेको समारोहमा कलाकार सन्तोष कर्ण,सुनैना देबी, मन्जुर अलिले संस्कृतिक कार्यक्रम प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!