मिर्चैया ,कात्तिक ३० गते । सिरहा जिल्लाकाे मिर्चैयामा रहेको श्री सहकारी संस्था लि. मिर्चैया सिरहाको ४७ अाैं साधारण सभा सम्पन्न भएको छ ।
मिर्चैया नगरपालिका वडा नं. ५ संस्था चाेकमा रहेको श्री सहकारी संस्था लि. मिर्चैया सिरहाको ४७ अाैं साधारण सभा मिर्चैयाकाे कटारी चाैकमा रहेको खुश्बु हाेटल एण्ड पार्टी प्यालेसमा एक कार्यक्रमकाे बिच साधारणसभा सम्पन्न भएको छ भने कार्यक्रममा ७५ वर्ष माथिको १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाका सकृय सदस्य घनश्याम श्रेष्ठले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा श्री सहकारी संस्था लि. मिर्चैया सिरहाको अध्यक्ष भागरथ साहकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मिर्चैया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धिरेन्द्र कुमार साह ( ललन) काे उपस्थिति र बिशेश अतिथिमा मिर्चैया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धनिकलाल यादव र वडा नं. ९ का वडा अध्यक्ष माेहन पाेखरेल , रामप्रताप साह (भाेला), अरूण सिंह , असनारायण मण्डल लगायत, बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।