राजापुर नगरपालिका-५ निहालपुर बस्ने तिलक प्रसाद अधिकारीको कुखुराको फर्म र फर्म नजिकैको सुत्ने घरमा सोमबार दिउँसो आगलागी हुँदा १ हजार १ सय ७० वटा कुखुरा, १३ क्विन्टल दाना, नगद ४० हजार रुपैयाँ र १ तोला सुन गरी करिब ७ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
तिलककै खेतमा लगाएको आगोको झिल्काबाट उक्त आगलागी भएको बताइएको छ ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।