हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 517  पटक पढिएको

अनलाईन मार्फत् ठगी गरेको अभियोगमा काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका-३ वतन भएका २३ वर्षीय विकाश गुरुङलाई ठगी गरेको नगद १९ लाख ६० हजार रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकाशले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको, विदेशबाट सामान/पार्सल आएको भन्दै उक्त सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने भनी झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गैरीधाराबाट उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!