हिपमत डटकम

शनिबार, कार्तिक २७, २०७८ || 462  पटक पढिएको

काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ५ लाख बढी नगदसहित ८ जना पक्राउ परेका छन् । शुक्रबार राति पौटार गौरिगाँउ स्थित नवराज पौडेलको ६ रोपनी जग्गा भाडामा लिई टहरा बनाइ सब्जी खेती गर्ने स्थानमा नै जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

 

३५ वर्षीय सुमन खडकाले पैसाको हार जित हुने गरी कौडा खेलाइ रहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उक्त स्थानमा चेकजाँच गर्दा ८ जना भेला जम्मा भई कौडा हानिरहेको अबस्थामा फेला पारेको थियो ।

 

कौडा खेल्ने ८ जनालाई नियन्त्रणमा लिई शरीर तथा घरकोठा खानतलासी गर्दा कौडा खालबाट ५ लाख ११ हजार ५ सय सहित नगद रकम समेत बरामद गरेको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!