हिपमत डटकम

बिहिबार, कार्तिक २५, २०७८ || 380  पटक पढिएको

धादिङ, धुनिबेशी नगरपालिका-१ डाडाँगाउँ बस्ने ६० वर्षीया तिर्थमाया तामाङ आफ्नै घरको बरन्डामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

 

त्यसैगरी सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-११ बेलिडाडा बस्ने ढक बहादुर खत्रीकी ८ महिनाकी छोरी थलमाया खत्री सुतिरहेको अवस्थामा बिहीबार मृत फेला परेकी छन् ।

 

त्यसैगरी सप्तरी, राजविराज नगरपालिका-१२ दामाबती टोलस्थित गोरेटो बाटोको छेउको कुलोमा हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!