रबिन्द्र बराल

बिहिबार, कार्तिक २५, २०७८ || 539  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ६ भन्सार टाेलमा रहेकाे सुरेश साहकाे घरमा छठ पर्व मनाउनका लागि भारत जिल्ला मध्येपुरा सिघेस्वर थान घर भएका २१ बर्षीय विट्टु साह र साेहि स्थान बस्ने १८ बर्षीय राजा साह खाेलामा डुवेर मृत्यु भएको छ ।

मृत्युु भएको मध्ये विट्टु साह दिउँसो रंगेली अस्पतालमा उपचारका क्रममा मृत्युु भएको थियो । छठ पर्वका लागि घाट बनाएर नुहाउन जाने क्रममा खाेलामा गहिराइ भएकाे र पाैडी खेल्न नजान्ने भएकाले उनीहरुकाे डुवेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

राजा साह भने खाेलामा गहिराइ भएको हुनाले ३० फिट मुनि बालुवामा गाडिएको अवस्थामा ससस्त्र प्रहरी कंकालिनी गडमा रहेको बिपत्त व्यवस्थापन उद्घारमा रहकेकाे टाेलिले साँझ ५ बजे खाेलाबाट मृत अवस्थामा गाेता टाेलिले सव भेटिएका थिए ।

 

नेपाल प्रहरी र ससस्त्र प्रहरी स्थानीयकाे संयुक्तरूपमा खाेजि कार्य जारी भई रहेको भएता पनि फेला नपरे पछि कंकालिनी गणकाे टाेलीले अक्सिजन सहित पानीमा पसेर सव निकालेको थियोे ।

 

दुबै सव रंगेली अस्पतालमा पाेष्माटमका लागि राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!