हिपमत डटकम

सोमबार, कार्तिक ०८, २०७८ || 835  पटक पढिएको

सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले,नागरिकहरु लाई जिवन बिमा गराउन प्रेरित गर्न प्रदेश नं.१ मा अभिकर्तालाई सहजीकरण गर्ने मोटिभेसनल कार्यक्रमको शुरुवात गरेको छ ।

यसैक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं.१ को अभिकर्तालाई मोटिभेसनल तालिम दिएको छ भने ६ गते प्रदेश भरीका शाखा प्रमुखहरु संग कम्पनीको व्यवसायिक समिक्षा र रणनिति विषयमा संवाद छलफल गरेको छ ।

कम्पनीले विगत ३ महिनाको व्यवसायिक प्रगती र आगामी दिनमा बिमामा जन सहभागिता बढाउन तय गरिने रणनितिको सम्बन्धमा अभिकर्ताहरु संग अन्तरक्रिया गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश नं. १ का प्रमुख टिकादत्त प्याकुरेलले बताए । समिक्षाले आउने ६ महिनामा कम्पनीको बजार लक्ष्य २८ वाट बढाएर ३२ प्रतिशत पु¥याउने रणनिति बनाएको प्रदेश प्रमुख प्याकुरेलले बताए ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वको धरानमा कात्तिक ५ गते १ साय ५० जना,७ गते दमक,उर्लाबारी,पथरी र लेटाङ्गमा २ सय ५० जना, ८ गते काकड्भिट्टा,धुलावारी,वितार्नमोड,चन्द्रगढी र सुरुङ्गामा ३ सय ५० लाई गरि ७ सय ५० जना अभिकर्तालाई तालिम दिएको छ । यसैगरी ९ गते इटहरी,विराटनगर,इनरुवा र विराटचौकका ३ सय ५० जनालाई तालिम दिने बताईएको छ ।

उनीहरु लाई व्यवसायिक र दक्ष बनाउने तथा सेवा सुविधाको सम्बन्धमा कम्पनीको कार्यकारी प्रमुख सन्तोष प्रसाई,उप–कार्यकारी शुसिल कुमार चौधरी र प्रदेश नं १ प्रमुख टिकादत्त प्याकुरेलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!