अफगानिस्तानको कुन्दुज प्रान्तस्थित एक मस्जिदमा प्रार्थनाको समयमा एक जनाको आत्मघाती बम हमलामा परी कम्तीमा ५० जना मारिएको छ भने १०० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हालसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
‘मृतकका शवहरू सङ्कलन गर्न एम्बुलेन्सहरू घटनास्थलतर्फ गइरहेका थिए’ उनले एएफपी समाचार संस्थासँग भनेका छन् ।
इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् । इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस–केले हिंसात्मक रूपमा नै तालिवानको विरोध गर्दै आएको छ ।
उसले हालैका दिनमा देशका पूर्वी क्षेत्रहरूमा कैयौँ बम हमलाहरू गरेको थियो ।