माया घर नेपालकी संस्थापिक संरक्षक एवं अन्तर्राष्ट्रिय कथा बाचिका भागवत मञ्जरी राधिका दासीलाई जनकपुरधाममा सम्मान भएको छ । उहाँलाई कामाख्या परिवार नेपाल जनकपुरधामका अध्यक्ष आध्यात्मिक गुरु बाबा विभाष लाभले सम्मान गर्नु भएको हो । बुधवार शाखा विस्ताको लागि वर्दिवस जनलागेको बेला माता सीता र माँ कामाख्याको दर्शन गर्न उहाँ जनकपुर जानु भएको थियो ।
प्रदेश १ सुनसरीको ईटहरीमा संचलित माया घर नेपालको शाखा विस्तार प्रदेश २ महोत्तरीको वर्दिवासमा हुने भएको संस्थापिका भागवत मञ्जरी राधिका दासीले हिपमत डटकमलाई बताईन । सो शाखा विस्तारको लागि आयोजना गरिएको श्रीमद्भागवत कथा प्रवचनमा सहभागी हुन उहाँ वर्दिवास जानु भएको हो । श्रीमद्भागवत कथा प्रवचन विहीवार देखि शुरु भाई अर्को विहीवार सम्म हुनेछ ।
जनकपुर बसाईको क्रममा वरिष्ठ भाषा संस्कृतिविद डा. राजेन्द्र प्रसाद विमल संग धर्म, दर्शन, संस्कृति र वर्तमान परिस्थितीबारे चर्चा भएको भागवत मञ्जरी दासीले बताईन । उनका अनुसार वर्तमान परिवेशमा श्रीमद्भागवतको महत्व र सनातन परम्पराको विषयमा चर्चा भएको हो ।
जनकपुरमा कामाख्या परिवारले सम्मान गरेकोमा भागवत मञ्जरी दासील खुशी व्यक्त गर्नु भयो । उहाँले माता सीता र माँ कामाख्याको दर्शन पुजा गरी प्रसाद ग्रहण गर्नु भएको हो । सम्मानको क्रममा कामाख्या परिवारकी सचिव ललिता लाभको समेत उपस्थिती रहेको थियो ।