अफगानिस्तान छोडेपछि अमेरिकी सेनाका जनरल मार्क मिल्लेले तालिबानलाई एक क्रुर संगठन बताउँदै यो परिवर्तन होला भनेर केही भन्न नसकिने बताएका छन् ।

 

यतिबेला मिल्लेले तालिबानसँग अमेरिकाको हालसम्मको व्यवहारबारे कुरा गर्दै भने, ‘यस्तो मौकामा तपाईं त्यहि गर्नुहुन्छ जसले तपाईंको मिसन र फौजका लागि जोखिम कम गर्न मद्दत गर्छ । तालिबानसँग भविष्यमा सर–सहयोगको विषयमा कुनै अड्कलबाजी गर्न सकिँदैन तर हाम्रो ध्यान आइएसआइएस–केमा हुनेछ ।’

स्मरण रहोस्, बिहिबार काबुल विमानस्थलमा हमलापछि चरमपन्थी संगठन आइएसआइएस–खुरासान (आइएसआइएस–के) लाई अमेरिकाले निशानामा लिएको छ ।

काबुल विमानस्थलमा हमलापछि अमेरिकाका १३ सैनिक मारिएका थिए । यो हमलाको जिम्मेवारी आइएसआइएस–के ले लिएको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले हमलाकर्तालाई खोजीखोजी मार्ने बताएका थिए । यसको ३६ घण्टाभित्रै अमेरिकाले अफगानिस्तानको नंगरहार प्रान्तमा ड्रोन हमला गरेको थियो जसमा आइएसआइएस–के का दुई चरमपन्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!