विराटनगरका एक धनाढ्य व्यक्ति छन् । उनीसित विनोद चौधरीभन्दा बढी पैसा छ भपिनन्छ । तर, टाठबाठ देखाउन चाहँदैनन् । फोब्र्समा सूचिकृत नभएर मात्रै हो नत्र उनी र उनको औद्योगिक व्यापारीक ग्रुप सूचिकृत हुन्थ्यो पनि भनिन्छ ।
आयात निर्यात, मुनाफामूलक कार्यमा उनको महत्वपूर्ण लगानी र, सहभागिता छ । मुनाफा कहाँबाट आउँछ उनलाई थाहा छ । बोल्दा, हिंडदा उनी कुने छनक नै दिदैनन् । नोक्सानीको कुनै काम गर्दैनन् भन्नुहोस् । तर, उनी विराटनगरमा सामान्य साइकलमा मर्निङ यात्रा गर्छन् । नयाँ साइकल पनि छैन । महङ्गो पनि छैन । अहिले बेच्ने हो भने कवाडीले ३ हजार रुपैयाँ पनि दिदैंन ।
पुरानो साइकलमा उनको यात्रा हेर्दा लाग्दैन उनी यतिधेरै धनाढ्य होलान ! भोला कट्ट्, पुरानो भेष्ट लगाएर हिड्ने उनी पहिले पैदल हिड्थे । उमेर त्यस्तै ८० पुग्यो होला र, पनि शरिरको ख्याल उनले मज्जाले गरिरहेका छन् । उनका घरमा लाखौंका गाडी छन् । तर, मनुवाले आखिर लाने त केही रहेनछ । पैसाले मात्र मनुवालाई नपुग्ने रहेछ । उमेर पनि चाहिने रहेछ । स्वस्थ्य पनि हुनुपर्ने रहेछ ।
आखिर जाने त सबैले यो संसार छाडेरै हो । अजम्वरी कोही छैन । मनुवा स्थायी होइन, अस्थायी हो । सखारै यी धनाढ्यलाई हेर्दा यस्तै लाग्यो । तपाईंमा जिज्ञासा उत्पन्न भयो होला आखिर को हो ? उनी हुन विशाल ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवाल…