हिपमत डटकम

मंगलबार, भाद्र १५, २०७८ || 551  पटक पढिएको

रहस्यमय तरिकाले पार्किङ गरिएको इन्धन लोड एक ट्याङ्कर नै वेपत्ता पारिएको छ ।

आयल निगम विराटनगर पार्किङमा राखिएको डिजेलसहितको ट्याङ्कर चोरी भएपछि निगममा खैलाबैला मच्चिएको छ । यस प्रकरणमा प्रहरीले ट्याङ्करसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर–४ का श्रवण यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

ट्याङ्कर लिएर भाग्दै गरेका यादवलाई प्रहरीले बाँसबारीबाट पक्राउ गरेको हो । आयल निगममा यसप्रकारको असुरक्षालाई लिएर प्रहरी र निष्मका कर्मचारीको लापरवाही प्रष्ट देखिएको छ ।

ट्याङ्करका चालक सुत्न र सहयोगी शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्यांकर लिएर हिडेका थिए । तर, यसप्रकारको लापरवाही भएको बारे निगमले आन्तरीक छानविन गरिरहेको छ । ट्याङ्करमा अमलेखगञ्जबाट ल्याइएको २० हजार लिटर डिजेल थियो । यो प्रकरणमा श्रवण मात्र एक व्यक्ति छैनन् । यसमा आधा दर्जन व्यक्तिहरू संलग्न रहेको प्रहरी अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!