हिपमत डटकम

आइतबार, भाद्र १३, २०७८ || 615  पटक पढिएको

पूर्वाञ्चलविश्वविद्यालय इञ्जिनियरिङ संकाय र त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानबीच इञ्जिनियरिङ शिक्षाको विकास, विस्तार र अध्ययन–अनुसन्धानमा सहकार्य गर्ने उद्देश्यले दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ । दुई विश्व विद्यालयका निकायबीच आपसी सहकार्य र अनुभव आदान–प्रदानका लागि संकाय र क्याम्पसस्तर गरी दुई फरक–फरक सम्झौतामा हस्ताक्षर भएको हो ।

गोठगाउ“मा आयोजित कार्यक्रममा संकाय स्तरमा सहकार्यको सम्झौता–पत्रमा पूवि इञ्जिनियरिङ संकायका डीन प्रा. देवीप्रसाद भट्टराई र त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा शशिधरराम जोशीले हस्ताक्षर गरे ।

क्याम्पसस्तरमा सहकार्य र अनुभव आदान–प्रदानका लागि भएको अर्को सम्झौता–पत्रमा पूवि स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीका डाइरेक्टर ई. तेजराज गिरी र त्रिवि अन्तर्गत पूर्वाञ्चल क्याम्पस, धरानका क्याम्पस प्रमुख ओमप्रकाश ढकालले हस्ताक्षर गरे ।
कार्यक्रममा पूविका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयहरूले राष्ट्रिय–अन्तर्राष्ट्रिय आवश्यकता पहिचान गरी नया“–नया“ विषय र क्षेत्रमा आफ्ना शैक्षिक–प्राज्ञिक गतिविधि अगाडि बढाउनु पर्ने बताए ।

रजिष्ट्रार नीलमणि पोखरेलले सम्झौताबाट दुवै पक्ष लाभान्वित हुनुपर्नेमा जोड दि“दै सम्झौतालाई सम्झौतामै सीमित राख्ने भन्दा यसको कार्यान्वयनको आवश्यकता औ“ल्याए । त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानका डीन जोशीले दुई विश्व विद्यालयका निकायबीच सम्झौताले देश विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा सहयोगका साथै इञ्जिनियरिङ शिक्षाको विकास, विस्तार र अध्ययन–अनुसन्धानमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा पूवि इञ्जिनियरिङ डीन भट्टराई, पूसेटका डाइरेक्टर ई. गिरी र त्रिवि पूर्वाञ्चल क्याम्पस, धरानका क्याम्पस प्रमुख ढकालले बोलेका थिए । कार्यक्रममा पूवि चिकित्सा शास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेल, कला, कानून तथा शिक्षा शास्त्र संकायका डीन डा. कृष्णप्रसाद पाण्डे, पूवि शिक्षण अस्पतालका निर्देशक डा. विपेश आचार्यलगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!