आइतबार, भाद्र १३, २०७८ || 687  पटक पढिएको

भगवान श्रीराधाकृष्ण सवार रथयात्रा गत बर्ष कोरोनाले निस्किएन । यो बर्ष पनि महामारीले निस्कने छैन । लाखौंको भीड हुने यो यात्रा कोरोना भाइरस विस्तार हुने भएकाले पनि गर्नु उपयुक्त छैन । तर, सामान्य तरिकाको खट्यात्रा गत बर्ष पनि निकालियो र, परम्परा जोगाउन सकियो ।
यसपटक पनि खट्यात्रा निस्कने छ । यसबारे आउँदो शनिबार धार्मिक व्यक्तित्वहरूको बैठक छ र, भीड नगरिकन सीमित संख्यामा खट्यात्रा निकाल्ने तयारीलाई पूर्णता दिने सोचाई राखिएको छ ।

खट्यात्रा गत बर्ष रथयात्रा निस्कने मार्ग भएर निकालिएको थियो । धेरैले थाहा पाएनन् । भीडभाड केही भएन । यसपटक मार्ग परिवर्तन गरेर केही फराकिलो बनाउनु पर्छ भन्ने लाग्छ । जस्तो ः यसपटक श्रीराधाकृष्ण मन्दिरबाट सुरू गरेर तिनपैनी, जलजलामोड, ट्राफिकचोक, रोडशेषचोक, बसपार्क, महेन्द्रचौक, भृकुटीचोक, बरगाछी, कंचनबारी, राजवंशी चोक पु¥याएर पुष्पलालचोक तर्फ मोड्दै बुद्धचोक, भट्टाचोक हुँदै मन्दिरमा लगेर विर्सन गर्नुपर्छ ।

पंक्तिकारले यो सुझाव दिंदा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा ओझाले सकारात्मक सिंग्नल दिएका छन् । उनले छलफल गरेर यस्तै निर्णय गर्ने हो भनेका छन् । मार्ग बढेको छ तर, खट्यात्रा कतै कुनै ठाउँमा रोकिनु हुन्न । सर्वसाधारणले टाढैबाट हेरून । पूजा वा प्रसादको कुनै कार्यक्रम राख्नु हुन्न । अझ प्रसाद फाल्ने काम र प्रसाद अर्पण गर्ने कार्यक्रमलाई पूरै बन्द गर्नुपर्छ ।
यसले एक परम्परालाई जीवित राख्ने छ भने क्षेत्रफल पनि बढेर अपनत्वको भावना जागृत हुनेछ ।

हो, रथयात्रा माथि भनिएको मार्गमा गर्न समस्या छ । राजमार्ग क्षेत्रमा सडकको बीचमा डिभाइडर छन् । उत्तरी विराटनगरको सडकको बिच्चमा फूलबारी रोपिएको छ । एक लेनको सडकमा रथयात्रा निकाल्न गाह्रो हुनेछ । तर, खट्यात्रा निकाल्न गाह्रो छैन । यसले एक इतिहास बनाउने छ ।
खट्यात्रा निस्कदैछ भन्ने सूचना बाहिर आइसकेको छ । यसले भीड बढाउने हो कि भन्ने चिन्ता आयोजकलाई छ । प्रशासन र प्रहरीले पनि यसबारे केही रणनीति बनाएको होला । यसमा सर्वसाधारण धेरै नै सजग हुनुपर्छ । टाढैबाट दर्शन गर्ने हो भने कुनै समस्या हुने छैन । यसका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गर्नुपर्छ । भीड हुनै नदिने हो भने कुनै समस्या हुन्न ।
दर्शन अनि पूजाका लागि सर्वसाधारणलाई कोरोनाको डरले छेक्ने छैन । भीडलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । प्रमुख चोक र ठाउँमा सवसधारणलाई भीड बढाउनै दिनुहुन्न । यसो गर्दा खट्यात्रा सफल हुनेछ ।

गाडीमा खट्यात्रा निकाल्ने हुँदा माथि उल्लेख गरिएको मार्ग तय गर्न धेरै समय लाग्ने छैन । मन्दिरबाट निकालेर मन्दिरमै पु¥याउँदा एक घण्टामा यात्रा सकिन्छ । यसबीचमा ठाउँ ठाउँमा प्रसाद वितरणको कार्यक्रम भने गर्नु हुन्न ।
पक्कै पनि रथयात्रा यो क्षेत्रकै महान अवसर अनि धार्मिक कार्यक्रम हो । दक्षिण एसियाकै दोस्रो ठूलो यो यात्रा खट्यात्राका नाममा भए पनि क्रमभंग भएको छैन र, हुनुहुन्न । यसपटक पनि परम्परा धान्ने मात्र यात्रा तय गर्नुपर्छ ।

यदि समय र परिस्थिति अनुकुल भएको भए आज रथयात्राको तयारी अन्तिम चरणमा पुगिसकेको हुन्थ्यो । कोरोना महामारी विस्तारमा रथयात्रा कारक बन्नु हुन्न र, अनेकखाले धार्मिक कार्यक्रम रोकिएको बेला रथयात्रा पनि रोकिएको छ दुई बर्षयता ।

खट्यात्राका दौरान सुरक्षा मापदण्ड, सामाजिक दूरी कायम गर्नु पर्छ सबैले । महामारीलाई यस्तै भीड नगरेर विस्तार हुन नदिने हो ।
आयोजकले विगतजस्तो कुनै तयारी गरेका छैनन् खट्यात्राको । केही थान गाडी खट् बोकेर निस्कने छन् । त्यसैले सर्वसाधारणले पनि बाचिएछ भने अर्को खेप रथयात्रा मै सहभागि हुनुपर्छ भन्ने उदारता देखाउनु पर्छ । कम्तिमा सर्वसाधारणले खट्यात्रा निस्कदैछ भनेर रथयात्राकै तामझाम गर्ने हो भने समस्या आउँछ नै । यसलाई सामान्य तरिकाले लिनु विराटनगरबासीको कर्तब्य हो ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!