बिराटनगरमा नरोकिने भयो बिजुलीको चोरी

एकै वर्षमा लाख युनिटभन्दा बढी विजुली चोरी

हिपमत डटकम

शुक्रबार, भाद्र ११, २०७८ || 565  पटक पढिएको

विराटनगर नगरक्षेत्र र आसपासका क्षेत्रबाट विद्युत चोरी रोकिने नाम लिँदैन । ०७७÷०७८ मा नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रले १५९ जना व्यक्तिलाई विद्युत चोरेको आरोपमा कारवाही ग¥यो । ९६ जनाले अवैध हुकिङ्ग गरेर भने ६३ जनाले मिटरमा छेडछाड गरेर विजुली चोरेका थिए । केन्द्रले जतिसुकै साम, दाम, दण्ड, भेद अपनाएपनि विजुली चोरी गर्ने कार्य निर्वाध चलिरहेको छ । विजुली चोरीमा गाई फार्म संचालन गर्ने संचालकदेखि फुसको घरमा बस्ने व्यक्तिसम्म संलग्न रहेको पाइएको छ ।

केन्द्रले ०७७÷०७८ मा मोटामोटी १ लाख १८ हजार २८० युनिट विजुली चोरी भएको अनुमान गरेको छ । विजुली चोरी गर्नेलाई कारवाही गर्दै ४९ लाख ९ हजारको असुली पनि केन्द्रले गर्न भ्याएको छ । तर पछिल्ला दिनमा विजुली चोरी रोक्नका लागि गरिनु पर्ने अनुगमन र नियमन ठप्प बनेको छ । यसको दोष केन्द्रले कोरोना महामारी र वर्षातलाई दिने गरेको छ । कोरोना र वर्षातको कारण केन्द्रको फिल्डमा अनुगमन नहुँदा विजुली चोरी ठप्प हुन सकेको छैन । केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवार विजुली चोरी नरोकिने भन्छन् । उनी भन्छन्, ‘ विजुली चोरी रोकिनका लागि व्यक्तिको मानसिकतामा परिवर्तन हुन जरूरी छ । ’

एक पैसा बचाउनका लागि पनि अनेकौ दाउ लगाउने प्रवृत्ति भएका मानिसहरूबाट नै विजुली चोरीको घटना बढी हुने गरेको गोहिवारको कथन छ । विजुली चोरी रोक्न गोहिवार राती राती फिल्डमा पुग्ने गरेको दावी गर्छन् । गोहिवारपनि कुनै पनि हालतमा विजुली चोरी नरोकिनेमा विश्वस्त छन् । उनी भन्छन्, ‘ विजुली चोरी त पुरै रोक्न सकिँदैन तर कम गर्न सकिन्छ । ’

विजुली चोरी गरेको भेटिएको घरको टिभीदेखि फ्रिज र पंखादेखि पानी तान्ने मोटरपम्पसम्मका इलेक्ट्रोनिक सामान कब्जामा लिएर कर्मचारीले केन्द्रमा बुझाउने गरेका छन् । तोकिएको जरिवाना तिरेपछि सम्बन्धितलाई ती सामान फिर्ता दिने गरिएको छ । तर कतिपय व्यक्तिहरू त्यस्ता सामान बुभ्mन नआउँदा केन्द्रको स्टोरमा थन्किएर रहने गरेको छ । त्यसरी रहने राम्रा इलेक्ट्रोनिक्सका सामान केन्द्रकै केहि कर्मचारीको मिलिभगतमा गायब पनि हुने गरेको सुत्रको दावी छ । हालसम्म विजुली चोरी गरिएको घर र कार्यालयबाट जफत गरिएका त्यस्ता इलेक्ट्रोनिकका कति सामानहरू केन्द्रमा आए, कति फिर्ता गए सो को कुनै लगत छैन भने लिलामी पनि भएको छैन ।

गोहिवार भन्छन्, ‘बिजुली चो¥यो भनेर मानिसलाई पक्राउ गर्न सक्दैनौ । उसले चोरी गरेको विजुलीबाट चलाएको सामानहरू कब्जामा लिने हो । जरिवाना तिर्छ र फिर्ता लिएर जान्छ । नतिरे ती सामान यहिँ रहन्छ । ’ तर केन्द्र ल्याइएका, फिर्ता भएका र बाँकी रहेका इलेक्ट्रोनिक्सका सामानहरूको लगतबारे गोहिवारले केहि बोलेनन् । ०७६÷०७७ मा केन्द्रको प्राविधिक र गैर प्राविधिक क्षति ९.६१ रहेकोमा आपूmले कार्यभार सम्हालेपछि ०७७÷०७८ मा ८.११ प्रतिसतमा झारेको आँकडा प्रस्तुत् गर्दै गोहिवार मख्ख बने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!