शुक्रबार, भाद्र ११, २०७८ || 558  पटक पढिएको

कोरोनाको दोस्रो लहर आएपछि विराटनगरमा सबैभन्दा बढी मृत्यु जेठ ६ गते भएको थियो । जेठ ६ गते सबैभन्दा बढी ९ जनाले ज्यान गुमाएका थिए । जेठ ११ गते ७ जनाको मृत्यु भएको थियो भने बैसाख ३० गते ६ जनाको मृत्यु भएको थियो ।

हाल केश केहि घटेको भएपनि कोरोनाको कारण डेढ दिनमा औसत १ जनाको मृत्यु हुने गरेको खुलासा भएको छ । कोभिड संयोजक हैदर अली भन्छन्, ‘केश केहि घटेको देखिएपनि डेढ दिनमा १ जनाको कोरोनाको कारण मृत्यु भइनै रहेको छ । यस्तो अवस्था सुखद होइन । ’ विराटनगर नगरक्षेत्रमा कोरोनाको मृत्युदरको प्रथा ‘ट्रेन्ड’ हेर्ने हो भने बैसाख २९ गतेदेखि जेठ १४ गतेसम्ममा औसत ३.४३ व्यक्तिको दैनिक मृत्यु हुने गरेको थियो । यस्तै जेठ १५ गतेदेखि ३० गतेसम्म २.३७ व्यक्ति, जेठ ३१ गतेदेखि असार १७ गतेसम्म ०.५० व्यक्ति , असार १८ गतेदेखि साउन ७ गतेसम्म ०.७५ व्यक्ति, साउन ८ गतेदेखि साउन २६ गतेसम्म ०.६८ व्यक्तिको दैनिक कोरोनाका कारण मृत्यु हुने गरेको थियो । भदौ लागेपछि औसत मृत्युदरमा फेरी झिनो बढोत्तरी भएको छ । साउन २७ देखि भदौ ७ गतेसम्मको तथ्याङ्कबाट कोरोनाका कारण हुने गरेको औसत मृत्यु दर केलाउने हो भने ०.८० व्यक्तिको दैनिक मृत्यु हुने गरेको छ ।

भदौ ७ गतेसम्मको टे«न्ड हेर्दा कोरोना संक्रमितको संख्यामा विस्तारै बढोत्तरी देखिन थालेको छ । बैसाख २६ गते विराटनगरमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका थिए । सो दिन २८७ जनामा कोरोना संक्रमण फेला परेको थियो । यस्तै जेठ ९ गते २६९ र जेठ ११ गते २३१ जनामा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको थियो । संक्रमितको प्रथा हेर्ने हो भने जेठ ७ देखि २४ गते प्रतिदिन औसत १३५ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै जेठ २५ देखि असार ९ गतेसम्ममा ५६, असार १० गतेदेखि २८ गतेसम्ममा ४२, असार ३० गतेदेखि साउन १५ गते ७६, साउन १७ गतेदेखि भदौ १ गतेसम्ममा औसत ४८ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो ।

भदौ २ गतेदेखि ७ गतेसम्मको कोरोना संक्रमितको औसत दर निकाल्दा केहि बढोत्तरी भएको संकेत गरेको छ । भदौ २ गतेदेखि ७ गतेसम्मको तथ्याङ्क केलाउँदा औसत ५६ जना व्यक्तिमा दैनिक कोरोना संक्रमण भेटिएको छ । नर्सिङ्ग अधिकृत रश्मी निरौला नगरक्षेत्रमा सर्वसाधारण लापरवाह देखिनुले कोरोनाको जोखिम बढेको भन्छिन् । उनी सर्वसाधारण स्वास्थ्य मापदण्ड पालना गर्नबाट लापरवाह बनेका र लक्षण केहि देखिएपनि आफै उपचारमा संलग्न बन्ने गरेको बताइन् ।

नर्सिङ्ग स्टाफ प्रवेशिका गुप्ताले कोरोना जोखिमको अन्त नभइसकेको हुनाले सर्वसाधारणले सतर्कता अपनाउनु पर्नेमा जोड दिइन् । कोभिड संयोजक अलीले तेस्रो लहरको कोरोना रोकथामका लागि ट्रेसिङ्ग, टेष्टिङ्ग र ट्रिटमेन्ट युनिटलाई तयारी अवस्थामा राखेको जानकारी गराए । उनले सबैमा भ्याक्सिनको पहुँच नै कोरोना विरूद्धको सर्वोत्तम उपाय रहेको भन्दै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र कोभिड युनिटमा भर्नालाई सहज बनाउनु पर्नेमा जोड दिए ।

उनले आवश्यकता अनुसारको दिनबाट नै वैजनाथपुरमा आइसोलेसन केन्द्रलाई सक्रिय बनाउने जानकारी दिँदै वडास्तरीय १५ देखि २५ बेडको आइसोलेसन केन्द्रको व्यवस्था गरिने बताए । कोरोनाको पहिलो लहरमा विराटनगरमा ८ हजार ७७० कोरोना संक्रमित बनेका थिए भने ६७ जनाको मृत्यु भएको थियो भने दोस्रो लहरमा भदौ ८ गतेसम्म १३ हजार ६४ जना कोरोना संक्रमित भए भने १६९ को मृत्यु भएको छ ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!