हिपमत डटकम

बुधबार, भाद्र ०९, २०७८ || 611  पटक पढिएको

कोरोनाभाइरसविरुद्ध जागरुकता फैलाउन विश्वमा विभिन्न उपायहरु अबलम्बन भइरहेको पाइन्छ । ड्यूटीमा खटिएका प्रहरीहरुले जनतासामुु सन्देश पुुर्याउन अलग अलग तरिका प्रयोगहरु गरिरहेका छन् ।

भारतमा कोरोना विरुद्ध सचेतना फैलाउन एक प्रहरीले प्रयोग गरेको तरिकाले यतिबेला चर्चा पाएको छ । आन्ध्र प्रदेशका एक प्रहरीले जनतासामुु कोरोनाको सन्देश फैलाउन एक अनौठो तरिका अपनाएका छन् ।

आन्ध्र प्रदेशको कूरनल जिल्लामा तैनाथ एक सब इन्स्पेक्टरले घोडामा पेन्टिङ गरेर जनतालाई कोरोनाबारे जागरुक गरिरहेका छन् ।

उनको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ । तस्बिरमा उनी एउटा घोडामा सवार छन् ।

उनी सवार भएको घोडाको पूरै जीउमा रातो रंगले कोरोनाभाइरसको चित्र कोरिएको छ । जनताले चित्र हेरेर कोरोनाबारे सचेत हुुन सकून भनेर आफूले यस्तो उपाय प्रयोग गरेको उनले बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!