चूडामणि नेपाल ‘अकिञ्चन’
संस्कृत भाषा विश्वकै प्राचीनतम् भाषाका रुपमा भाषा साहित्य र विश्व प्रसिद्घ धर्मग्रन्थहरुले भरिपूर्ण समृद्घ भाषा हो । यो भाषा भाषाहरुको जननी र देव भाषाका रुपमा पनि प्रसिद्घ छ । संस्कृत भाषामा गीता, वेद, उपनिषद, रामायण, महाभारत र विश्वकै महानतम धार्मिक र साहित्यिक ग्रन्थहरुले पूर्ण र सम्पन्न र सभ्य भाषा पनि हो ।
हाम्रा पिता पुर्खाले र अझैसम्म हामीले पनि जन्म मृत्यु र धर्म कर्म यावत कार्यलाई संस्कृत भाषामा सम्पन्न गर्दै आएका छौं र धेरैलाई यो भाषा कर्मकाण्डीय भाषाको रुपमा रहेको गुरु र पण्डित जीहरुलाई चाहिने भाषा मात्र हो भन्ने मानसिकता आमसर्वसाधारण मानिसमा पर्न गएको छ तर यो भाषा साहित्य, कला, विज्ञान, ज्योतिष, दर्शन र अन्य धेरै विधामा भरिपूर्ण भाषाका रुपमा रहेको छ अझ संस्कृत भाषाको जस्तो उच्च व्याकरण (पाणिनीको अष्टाध्यायी) संसारका अरु कुनै भाषामा पनि अहिलेसम्म प्राप्त भएका छैनन् भन्दा अत्युक्ति हँदैन ।
वर्तमान अवस्थामा अङ्गे्रजी भाषाको विश्वव्यापीकरणले गर्दा र प्राविधिक विषयको अध्ययन अधिकांश विश्वविद्यालयमा अङ्गे्रजी भाषा नै कायम भएको अवस्था र अभिव्यक्तिको माध्यम पनि अङ्ग्रेजी भइदिनाको कारणले संस्कृत भाषा साहित्य र व्याकरणको अध्ययनमा कमी आएको जस्तो भान भै रहेको अवस्था आएको छ ।
र, यसलाई धेरैले मृतभाषाको नामकरण गरेर यस भाषाको महत्वलाई नबुझी उपहास गर्ने गरेका आधुनिक भलाद्मी र बाहुनहरुको भाषा हो भनी नेपाल भित्रका धेरै संस्कृत पठनपाठन हुने विद्यालयहरुलाई माओवादी द्वन्द्वकालमा जबर्जस्ती बन्द गराइएका घटनाहरू नेपाली जनताका मानसपटलमा अझै ताजा रहेका छन् ।
राणा शासन कालदेखि नै पूर्वका पिण्डेश्वर र भोजपुरको दिंलालाई सस्कृत भाषा साहित्यको अध्ययनको केन्द्रविन्दु नै मानिन्थ्यो । अहिले ती स्थानको अवस्था पनि नाजुक बन्दै गई रहेको छ । विराटनगर महानगरपालिकाभित्र संस्कृत शिक्षाको पठनपाठन र अध्ययन अध्यापनलाई विशेष महत्व दिंइदै आएको छ ।
विराटनगरमा अहिले श्री गायत्री संस्कृत मावि विराटनगर–७, सरस्वती टोल, श्री लक्ष्मीनारायण वेद विद्याश्रम विराटनगर–११, श्री लक्ष्मीनारायण गुरुकुल आवासीय मावि, विराटनगर–४, श्री गुरकुल मावि विराटनगर–१४, श्री पाणिनी संस्कृत आवासीय विद्यालय विराटनगर–५, मा अवस्थित विभिन्न विद्यालयहरुले संस्कृत भाषा सहित्य, बेद वेदाङ्ग, धर्मशास्त्र, ज्योतिष आदिलाई केन्द्रविन्दुमा राखेर पठनपाठनलाई अगाडि बढाइ रहेका छन् ।
संस्कृत शिक्षाप्रति रहेको नकारात्मक सोचलाई परिवर्तन गराई संस्कृत शिक्षा पनि जीवनोपयोगी र रोजगारमूलक शिक्षा हो भनी आम अभिभावक र विद्यार्थी वर्गलाई प्रेरित गर्न सक्नु आजको आवश्यकता हो । मानव जीवनको दैनिक जीवनमा पूजापाठ धर्मकर्म, जालचलन, संस्कार, परम्परा आदिलाई जोगाइ राख्न संस्कृत भाषा साहित्य र कर्मकाण्ड, वेद वेदाङ्ग, ज्योतिष, उपनिषद गीतालाई विद्यालय तहदेखिनै अध्ययन अध्यापन गराउनु, समयको माग भएको छ ।
संस्कृत भाषा नेपाली भाषाको जननी भाषाको रूपमा रहेको छ । संस्कृत भाषाबाट नै प्राकृत हुँदै धेरै भाषाहरु नेपाल र भारतवर्षमा फैलिएका छन् । संस्कृत भाषा र तत्सम शब्दविहीन नेपाली भाषाको कल्पनासम्म गर्न सकिन्न । संस्कृत भाषामा लेखिएका महान ग्रन्थहरुको समाज, देश, महादेश र विश्वभरि नै परिरहेको छ ।
संस्कत भाषा पढ्ने विद्यार्थीहरूलाई गणित, विज्ञान र अन्य विषयहरु अझसहज बनेका उदाहरणहरु छन् । संसारमा रहेका ६९०० भाषाहरुमध्ये संस्कृत भाषा नै संसारको उत्कृष्ट भाषा हो । सूत्रात्मकता र नियमबद्घता ग्रहण गरिसकेपछि सबैभन्दा बढी कारणसहित शुद्घतापूर्वक लेखिन सक्ने भाषा संस्कृत भाषा हो । यस कुरालाई पुष्टि गर्दै अमेरिकाको प्रसिद्घ पत्रिका फोब्र्सले १९८७ मा कम्प्युटरका लागि सबभन्दा उपयुक्त भाषा संस्कृत भाषा हो भनी पुष्टि गरि सकेको छ । र, आउँदो छैटौँ र सातौं पुस्ताका कम्प्युटरहरु संस्कृत भाषामा आवद्घभएर आउने छन् भनी घोषणा समेत गरिएको छ ।
संस्कृत भाषा एउटा भाषा मात्र नभएर यो एउटा विचार हो, संस्कार हो, शान्ति र बसुधैव कुटुम्बकम पनि हो । हाल विश्भरिनै यसको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । जर्मनका १४ वटाभन्दा बढी विश्वविद्यालयमा यसको पठनपाठन भइ रहेको छ । यसको व्यापकता र ज्ञानलाई बुझेर संस्कृत र गीता ज्ञानलाई व्यवस्थापन गर्न त्यहाँको सरकारलाई हम्मे हम्मे पर्दै गएको छ ।
विराटनगरमा भएका गुरुकुलहरूले भाषा साहित्य लगायत कर्मकाण्डलाई विशेषत ब्राáण बटुकहरुलाई महत्व दिई रहेका छन् भने गायत्री संस्कृत माविमात्र त्यस्तो संस्कृत माध्यमिक विद्यालय हो जहाँ समावेशी रुपमा छात्र, छात्रा, मधेसी, पहाडे, मुस्लिम, थारु, चौधरी, राजबंशी, झाँगड, दलित, ब्राáण, क्षेत्री सबै जनाले समावेशी रुपमा संस्कृत शिक्षा आर्जन गरि रहेका छन् । दलित, मुस्लिम र ब्राáणले एउटै कक्षामा बसेर संस्कृत पढ्दा हामी शिक्षकलाई गौरव लागेर आउँछ ।
एउटै मञ्चमा उभिएर मुस्लिम, हिन्दू छात्र छात्राहरुले शान्तिका लागि दिनहूँ स्वती वाचन गरिरहेका हुन्छन् । जहाँ अध्ययन गरेर गएका विद्यार्थीहरुलाई माथिल्ला कक्षाहरुमा अध्ययन गर्दा अझ सहज र सरल भएको कुरा सुनाउँदा हामी शिक्षकको छाती गर्वले फुल्ने गर्छ । संस्कृत शिक्षालाई पनि तत्काल कसरी रोजगारमूलक बनाउन सकिन्छ भन्ने विषयमा हामीले सोच्न थालेका छौं । त्यसैले इच्छुक छात्र छात्राहरुलाई र अन्य सर्वसाधारणलाई जो कर्मकाण्ड र ज्योतिष विद्या सिकेर आत्मा निर्भर बन्न चाहन्छन् उनीहरुका लागि आउँदो शैक्षिक शत्रबाट कर्मकाण्ड र ज्योतिषलाई हामी विशेष प्राथमिकतामा राखेर अतिरिक्त कक्षाहरु सञ्चालन गर्न गई रहेका छांै । कर्मकाण्ड र ज्योतिष मानव जीवनसँग अभिन्न रुपमा गाँसिएर आएका छन् र हरेकका मन मस्तिष्कमा जरा गाडेर बसेका छन् ।
जन्म मृत्युपरान्त चाहिने कर्मकाण्डमा वचनको शुद्घता र ज्योतिष विद्याको भरपर्दो विश्वास र विकासका लागि हामी कार्यको थालनी गर्न गई रहेका छौँ । कर्मकाण्ड र ज्योतिषले हामीलाई दैनिक जीवनमा प्रभाव पारिरहेको छ । यसलाई अगाडि बढाउन सकियो भने विद्यार्थी र आम सर्वसाधारणको यसप्रतिको चाख बढेर जानेछ, साथै संस्कृतको जगले भोलि विद्यार्थी भाइबहिनीहरलाई उच्च शिक्षा हाँसिल गर्न प्रयाप्त आधार निर्माण गर्ने छ । ज्ञान र वक्तृत्वकलामा डबुल्की मार्न र ज्ञानको पूर्वीय सभ्यतामा डुबुल्की मार्न सहयोग पु¥याउने छ ।