हिपमत डटकम

बिहिबार, भाद्र ०३, २०७८ || 765  पटक पढिएको

मेघराज भट्टराई

६५२८६० वर्गकिलोमिटर क्षेत्रफलको अफगानिस्तानमा ४५ प्रतिशत प्रस्तुन भाषा बोल्ने र बाँकी पारसी, उज्बेकी, हजारा बसोबास गर्छन् । दरी भाषामा एसियाको मुटु भनिन्छ । युरोप, अरब, अफ्रिका र एशिया पैदलयात्राा सजिलै गर्न सकिने समुद्रको बाटो हिँड्न नपर्ने देश हो अफगान ।
अफगान राज्य अप्रिल १७०९ मा स्थापना भएको हो जसको हजारौंं वर्ष पुरानो इतिहास छ । भूगोलको हिसाबले भारत वर्षभित्र सदियौं वर्ष रहयो । नेपाल जस्तै भूपरिवेश्ठित । नेपालझैं दुई देशसँग सम्बन्ध राख्न वाध्य छैन । इरान पाकिस्तान उज्बेकिस्तान तजेकिस्तानसँग व्यापार गर्न स्वतन्त्र छ । यदि शासक राम्रो हुने हो भने देशको परिवर्तन हुन समय लाग्दैन ।

मुख्य उत्पादन ड्राइ फ्रूट, हरियो तरकारी हो । माटो मलिलो छ, जाडोयाममा खेती एकसमय हुने हुँदा ६ महिना पर्खिन बाध्य हुन्छन् । शान्तिको बाटो देखाउने शासक आएनन् । विदेशी शक्तिले खेल्ने यहाँका सोझा अनपढ जनतालाई जालझेलमा पारेर मार्ने–मराउने मुगल साम्राज्यबाट चल्दै आयो ।

मौर्य सम्राटको पालामा पनि देखियो त्यहाँका अग्ला बलिया कदकाठिका मानिसलाई लडाएर फाइदा उठाउनु चन्द्रगुप्त मौर्य गुरु चाणक्य हुँदै मोहमद गौरी बाबर गजनी गौरी नादिर शाह हुँदै तालिवानसम्म आइपुग्दा मुलुक बर्बाद हुन पुग्यो । पुरानो सिल्क रोडले प्रख्यात छ अफगान । नेपालको साइनो कसरी गाँसियो अचम्म पर्न सक्छौं ।

११ सेप्टेम्बर २००१ मा पेन्टागनमा हमला भयो, अमेरिकन फौज अफगानिस्तान छि¥यो । खुल्यो उनीहरूको संघसंस्थाको सुरक्षार्थ नेपालीको अफगानिस्तान प्रवेश । नेपाली कति मरे ? कसैलाई थाहा छैन । आज अमेरिकन दूतावास, युनिभर्सिटी, ब्रिटिश दूतावास, अष्ट्रेलियन दूतावास, क्यानाडा दूतावास विश्व बैंक आईएमएफ, एडीबी, युएनका सम्पूर्ण निकायभित्र नेपाली सुरक्षागार्ड छन् ।

क्यानाडा एम्बेस्सीलाई सुरक्षा मुहैया गराउँदै आएको कम्पनी साइबर कम्पनीलाई लक्षित गरी आक्रमण गर्दा १७ नेपालीले एकै ठाउँमा ज्यान गुमाए । त्यो ठूलो घटना थियो । सानो छिट्फुट घटना २००१ देखि हुँदै आएका छन् । अमेरिकाले २० वर्षपछि गठबन्धन राष्ट्रलाई अफगानिस्तान छोड्न आदेश दिएपछि त्यहाँको स्लामिक संगठन तालिवानले सयौं मिलिसिया संगठनसँग मिलेर देश कब्जा गर्दै गइरहेको छ । यो एक ठाउँमा मात्र नभएर सम्पूर्ण अफगानिस्तान कब्जा गर्दै गएको छ ।

आजको दिनमा मात्र २०० जना अमेरिकन एम्बेस्सी, ७० जना एशियाली विकास बैंक, २०० जना ब्रिटिश एम्बेस्सी, १२० जना बिश्व बैंक, ७० जना अमेरिकन विश्वविद्यालय र अरु अरुमा मिलाएर अझै १ हजार ५०० भन्दा बढी नेपाली कानुनी या गैरकानुनी रूपले बस्दै आएका छन् । अब उनीहरूको अवस्था के हुने हो ? उनीहरूलाई राष्ट्रले कसरी हेरिरहेको छ ?

अमेरिकन आर्मी अफगानिस्तान आएकाले त्यहाँ पुनर्निर्माणको कामका लागि भारतीय कम्पनी, अरबियन कम्पनी, अमेरिकन र युरोपियन कम्पनीको बीचमा प्रतिस्पर्धा चल्यो । उनीहरू मजदुरलाई ठगेर आफू कसरी धनी हुने भन्ने ध्याउन्नमा थिए । यो मामिलामा भारतीय अरु कम्पनी भन्दा अगाडि छन् । दिल्लीमा ५०० डलर भनेर लैजाने त्यहाँ लगिसकेपछि १०० डलरमा काम गराउने उनीहरूको धन्दा थियो ।
बीएससी–सी एन्ड सी नाम गरेको कम्पनीमार्फत मलाई हरियाणाको गुरुग्रामबाट अन्तर्वार्ता लिएर ५०० डलर तलब, वर्ष वर्षको बिदा भनेर हातमा २० डलर दिएर ४० जना नेपालीसँग बिमानस्थल पठाइयो । त्यो दिन थियो फस्र्ट जनवरी २०० डलर । मलाई त्यहाँ जानु भन्दा पहिले जानकारी थिएन । आर्थिक नाजुक थियो । साँच्चिकै भन्दा जहान दुईभाइ छोरा एउटी छोरी सानो घर त थियो तर ऋणै ऋण थियो ।
आफन्त हेर्दा निधार खुम्च्याउँथे । मेरा बुबा–आमाका लागि भाई बहिनीका लागि केही गर्न चाहेर पनि निकै धौ धौले काम गर्नु पर्दथ्यो । भारतीय कम्पनीलाई धन्यवाद के मानेमा दिनुपर्छ भने विदेश जाने लगानी गर्नु परेन । त्यो नै म जस्तो गरीबको लागि ठूलो राहतको विषयवस्तु भयो ।
जब काबुल उतारियो, सयौं जहाजका टुक्रा बिमानस्थल वरपर छरपस्ट । जाडो हिउँले ढाकेका पहाड, काला–काला पहाड, उराठ लाग्ने, रुख बिरुवा नभएका, न भाषा बुझिन्छ न बोली नै । अग्ला–अग्ला मान्छे छन् निकै बलिया जिउडाल परेका पुरुष, महिलाको मुख देखिन्न बुर्खाले पुरै शरीर छोपेको । अरबी महिलाको भन्दा भिन्दै नीलो खालको बुर्खा लगाउने बाक्लोखाले आँखाको वरिपरी मात्रा जाली बुनेर हेर्न सकिने खालको शायद त्यो ठाउँअनुसार होला जाडो ठाउँ हुनाले होला जस्तो लाग्यो ।

त्यो रात काबुलको वजिर अकवर खान सडक १३ मा बसायो । अर्को दिन गजनी लगेर बसायो । ठाउँ–ठाउँमा एम्बुस थापेको निकै जोखिमपूर्ण यात्रा भयो । एक रात गजनी बसेर अर्को रात कलात बास बस्यौं । कलातमा दुई रात बसियो । त्यहाँबाट कन्धारको स्पिन बल्डग भन्ने ठाउँ गयौं । त्यो एडीबीको प्रोजेक्ट थियो ।

भारतीय कम्पनीले पेटी ठेक्का परेको रहेछ । यो साइडमा हामी बंगाली, पाकिस्तानी, भारतीय, नेपाली, पञ्जाबी र अफगानी गरी ४०० कामदार थियौं सबैलाई ठगेको थियो कम्पनीले । मलाई भनेको तलब नदिएपछि फर्किने निर्णय गरेँ । घर सम्पर्क हुन नसक्ने अनकन्टार ठाउँ दिन रात हेलिकोप्टरको आवाज, कुन बेला के हुने हो थाहा छैन ।

स्वास्थ्यको हिसाबले निकै जोखिम । एक्लै संघर्ष गर्न सजिलो त थिएन, तर लडेँ । त्यो कम्पनीको एमडीसँग सिधै उसैले एडीबीको प्रमुखको घरमा पठायो । त्यहाँबाट कामको दुःख भए पनि सुरक्षाको हिसाबले सुरक्षित महसुस गरेँ । बाहिर हजारौं नेपालीलाई सुनौलो मौका थियो । २५०० डलरदेखि ५००० डलर कमाउने प्रलोभनमा नेपाली दलाल काठमाडौंदेखि दिल्लीका गल्ली–गल्लीमा जाल थापेर बसेका थिए । धेरै मान्छेको घर बर्बाद बनाएका छन् । यहाँ राम्रो हावापानी नजिकको गन्तव्य राम्रो आम्दानी आश देखाइ धेरै नेपालीलाई बिल्लिबाठ बनाएका घटना छन् । १३ जना नेपालीलाई जेलबाट छुटाएर पठाउन निकै संघर्ष गर्नु प¥यो । दलालमाथि दलाली गर्दै कैदीमाथि दलाली लाग्ने रहेछ । लागूऔषधको ओसारपसार गरायो । नेपाली महिला दिदीबहिनीहरूलाई समेत पु¥याइएको छ । शुरूमा जान भिसाको कठिनाई थिएन । ३० डलर र पासपोर्ट लगेर नयाँदिल्लीको चाणक्यपुरी अशोका होटेल गएपछि त्यहाँ अफगान दूतावास थियो । तेहीँबाट सजिलै भिसा लिन सकिने ।
सोझासिधा जनताका लागि जानकारी नहुने । त्यसको फाइदा दलालले उठाउँथ्यो । अफगानिस्तानमा विदेशी कामदार चाहियो जो सस्तो पारिश्रमिकमा काम गरोस्, त्यो नेपाली नै ठीक हुन्थ्यो । इमान्दार हुने । सुप्रिम ब्लू रेड होट जस्ता विदेशी मार्केटमा नेपालीले काम गर्थे । नेपालीले नै रेस्टुराँ खोलेर डान्सबार चलाउँदा नेपालीले नै खुकुरी प्रहार गरी घाइते बनाएर रेस्टुराँ बन्द भएको थियो ।

नेपाली कामदारको यस्तै हर्कतले पछि नेपालीलाई भिसाको समस्या भयो । काम गर्ने ठाउँ ग्रीन जोने हो । वैदेशिक कुटनीतिक नियोगभित्र सानो काम गरे पनि गाडीको प्लेट हे¥यो कि प्रहरीले सलाम ठोक्ने यो कस्तो काइदाको ठाउँ हगी ? म जाबो भान्से मन्त्री राजदूत नियोगका मुखियालाई रातिको मध्यपान गराउनेदेखि भोजन पनि गराउने मेरै जिम्मा । कसैले चिन्दैन र पो ! ७ जना मुखिया बदलिए । १९ घन्टा उभिएरै काम गरियो । म र मेरो भाइ बाहिर गएर धेरै कमाउने कम्पनी बदल्ने आश गरेनौं । घरपरिवारको लाइफस्टाइल बदल्नेमा कुनै कमी राखेनौं ।
त्यहाँ अमेरिकनले बनाएको सुरक्षा घेरा छन् भनिन्छ । खासमा केही लागेन मलाई । रक्षामन्त्रीको घर उडाइदिए । २०१० मा नेतोको मुख्यालयमा ट्रक बम हानेका थिए । त्यसैले त्यहाँ आज पनि अन्दाजी १५०० नेपाली होलान् । किन कि सरकारी आँकडाअनुसार ६५०० जना थियो । जो पुरै अफगानिस्तान भरी यूएनको कार्यक्रम रहँदा थियो । त्यहाँका नेपालीलाई सुरक्षित रूपमा फर्काउनु सरकारको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!