हिपमत डटकम

बुधबार, भाद्र ०२, २०७८ || 543  पटक पढिएको

एजेन्सी । दिल्लीको एक अदालतले भारतीय काँग्रेसका नेता शशि थरुरलाई उनको पत्नी सुनन्दा पुष्करको हत्याको सबै आरोपमा सफाइ दिएको छ । अदालतले प्रमाणको अभावको आधारमा थरुरमाथि आत्महत्या दुरुत्साहनको मामिला खारेज गरेको बीबीसीले जनाएको छ ।

सुनन्दा पुष्कर सन् २०१४ जनवरी १७ मा दिल्लीको एक पाँच तारे होटेलमा मृत पाइएकी थिइन् । सुरुमा उनको मृत्युलाई आत्महत्या मानिएको थियो । तर, पछि दिल्ली प्रहरीले उनको हत्या भएको बताएको थियो । यद्यपि, प्रहरीले सन्दिग्धको नाम सार्वजनिक गरेको थियो ।

सन् २०१८ मा दिल्ली प्रहरीले शशि थरुरमाथि आफ्नो पत्नीलाई आत्महत्याका लागि उक्साएको र क्रुरताको आरोप लगाएको थियो । त्यतिबेला थरुरले आफूमाथि लगाइएको आरोपलाई आधारहीन बताउँदै यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका थिए ।

अदालतले सफाइ दिएको आदेश दिएपछि एक बयान जारी गर्दै न्यायाधीश गीताञ्जली गोयलप्रति आभार प्रकट गरेका छन् । थरुरले लेखेका छन्, ‘यो आदेशले त्यो डरलाग्दो सपनाको अन्त्य भएको छ जसले मलाई मेरी पत्नी सुनन्दाको दुःखद मृत्युपछि घेरेको थियो । मैले संयम भएर ममाथि लगाएका दर्जनौँ आरोप र मिडियामा लगाइएको मिथ्या आरोपको सामना गरेँ र भारतीय न्यायपालिकामाथि आफ्नो आस्था कायम राखेँ, जसको आज जीत भएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!