हिपमत डटकम

सोमबार, साउन ३२, २०७८ || 698  पटक पढिएको

अफगानिस्तानको राजधानी काबुलकी एक छात्राले आयशा खर्रमले ट्विट गर्दै तालिबानको प्रशंसा गरेकी छन् ।

आयसाले सोमबार ट्विट गर्दै लेखेकी छन्, ‘सोमबार बिहान मेरो घरअगाडि चिच्याएको, कराएको आवाज आइरहेको थियो । साथै गोलीको आवाज पनि आइरहेको थियो । त्यसपछि म बिउँझिएँ ।’

उनले अगाडि लेखेकी छिन्, ‘आफूलाई मुजाहिदिन भन्ने केही लडाकुहरु घर–घरमा छिरेर मानिसहरुको सामान र कार लुटिरहेका रहेछन् । तर, उनीहरु तालिबानी अधिकारीहरु आएको खबर सुन्नेवित्तिकै भागे ।’

काबुल कब्जा गरेपछि तालिबानले फेरि आफ्ना लडाकुहरुलाई सर्वसाधारणमाथि ज्यादती नगर्न अनुरोध गरेको छ ।

अफगानिस्तानको सत्ता हातमा लिएपछि तालिबान पहिलेभन्दा उदार देखिएको छ ।

तालिबानका प्रवक्ता मोहम्मद सुहैल साहिनले ट्विट गर्दै भनेका छन्, ‘तालिबानले एक पटक फेरि मुजाहिदिनहरुलाई अनुमतिबिना कसैको घरको भित्र नपस्न आदेश दिएको छ । मुजाहिदिनहरुको जिम्मेवारी सर्वसाधारणको जीवन, सम्पत्ति र उनीहरुको सामानको रक्षा गर्नु हो ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!