हिपमत डटकम

सोमबार, साउन ३२, २०७८ || 538  पटक पढिएको

अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्र्दै बताएअनुसार अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको छ । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको छ ।

अफगानिस्तान तालिवानको कब्जामा परेपछि काबुल एयरपोर्टमा अहिले चर्को भीड देखिएको छ । अमेरिकी सेनाले गोली चलाए लगत्तै एयरपोर्टमा भागदौड मच्चिएको थियो ।

गोली चलेसँगै उक्त विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!