हिपमत डटकम

आइतबार, साउन ३१, २०७८ || 460  पटक पढिएको

पाकिस्तानको कराँची शहरको बाहिरी इलाकामा भएको एक ग्रेनेड हमलामा १२ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

एक मिनी ट्रकमा भएको यो ग्रेनेड हमलामा एकै परिवारका १२ जनाको मृत्यु भएको जसमा ६ महिला र चार बालबालिका समावेश भएको बताइएको छ । हमलामा ९ जना घाइते भएका छन् ।

बलदिया इलाकामा भएको यो घटनामा सुरुमा सिलिन्डर बिस्फोट भएको बताइएको थियो । पछि कराँची प्रहरीले आतंकवाद विरोधी दस्ताका एक अधिकारी रजा उमर खत्ताबले सिलिन्डर बिस्फोट भएको सम्भावना नदेखिएको बताउँदै ग्रेनेड बिस्फोट भएको प्रमाण भेटिएको जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा एउटा बम भेटिएको र हमलामा प्रयोग गरिने केही अन्य सामान पनि भेटिएको छ । प्रहरीका अनुसार बिस्फोट स्थानीय स्तरमा बनाइएको बममार्फत् गरिएको थियो र ट्रकमा छर्रा र नट बोल्टका थुप्रै निशान पनि पाइएका छन् ।

घटनास्थलको भ्रमण गरेपछि उनले भने, ‘यो एक आतंकवादी हमला थियो र गुडिरहेको मोटरसाइकलबाट मिनी ट्रकमा ग्रेनेड फ्याँकिएको थियो ।’

यसअघि डेप्युटी इन्स्पेक्टर जनरलले सुरुवाती जानकारीका अनुसार जतिबेला बिस्फोट भयो त्यतिबेला ट्रकमा २० देखि २५ जना सवार थिए ।

स्रोतलाई उद्धृत गर्दै दिएको जानकारीमा यो परिवार एक विवाह समारोहमा समावेश भएपछि फर्किरहेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!