हिपमत डटकम

आइतबार, साउन ३१, २०७८ || 509  पटक पढिएको

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक, सहयोगी देशका नागरिक, अमेरिकी सेनालाई सहयोग गर्ने अफगानी र तालिवानबाट खतरा महसुस गरिरहेका अफगानीहरुको सुरक्षार्थ थप एक हजार सैनिक अफगानिस्तान पठाउन निर्देशन दिएका छन् । यससँगै अफगानिस्तानमा उद्धारका लागि जाने अमेरिकी सैनिकको संख्या ५ हजार पुगेको छ ।

‘अफगानिस्तानबाट अमेरिकी तथा अन्य सहयोगी गठबन्धनका सैनिक, कर्मचारी तथा नागरिकको सुरक्षित बर्हिगमनका लागि सहयोग गर्न झन्डै ५ हजार अमेरिकी सैनिक परिचालन गरिएको हो,’ राष्ट्रपति जो बाइडेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अमेरिकालाई सहयोग पु¥याउने अफगानीहरु तथा रहेका अफगानी नागरिकहरुको सुरक्षित उद्धारमा यी सैनिकहरुले सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । अमेरिकी कुटनीतिज्ञ, सेना र गुप्तचर टोलीको सिफारिसअनुसार यस्तो गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले ११ सेप्टेम्बरसम्म आफ्ना सबै सैनिक अफगानिस्तानबाट निकाल्नेगरी तयारी गरेको छ । यही योजनाअनुसार अमेरिकी सैनिकहरुले धमाधम अफगानिस्तान छाडिरहेका छन् । र, अमेरिकी सैनिक फर्कन थालेसँगै तालिवानी लडाकुहरुले अफगानिस्तानमा एकपछि अर्को इलाकामा कब्जा गरिसकेका छन् । आइतबारसम्म आइपुग्दा काबुलबाहेक अन्य सबै प्रमुख शहर तालिवानको कब्जामा गइसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!