हिपमत डटकम

बुधबार, साउन २०, २०७८ || 546  पटक पढिएको

अफगानिस्तानका रक्षामन्त्री जनरल बिस्मिल्लाह मोहम्मदीको घरको नजिक स्थानीय समयअनुसार मंगलबार राति ८ बजे कार बमको प्रयोग गरेर आक्रमण गरिएको छ । त्यसपछि गोलाबारी र ग्रिनेडको विस्फोटको आवाज पनि सुनिएको थियो ।

यो हमला काबुलको डिस्ट्रिक्ट १० को शिरपुर क्षेत्रमा भएको थियो । गृह मन्त्रालयका प्रवक्ता मीर वाइस स्टेनकजाईले यो क्षेत्र उच्च सुरक्षा भएको ग्रीन जोनभित्र पर्दछ । यस क्षेत्रमा सांसद र उच्च पदस्थ सरकारी अधिकारीहरू बस्छन् ।

स्थानीय मिडियाका अनुसार विस्फोटपछि साइरनको आवाज सुनिएको थियो । त्यसपछि दोस्रो र तेस्रो विस्फोट भएको थियो । हमलालगत्तै सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए । त्यहाँबाट एम्बुलेन्स पनि निस्किँदै गरेको देखिएको थियो ।

रक्षा मन्त्रालयका प्रवक्ताले रक्षामन्त्रीको सुरक्षित रहेको जानकारी दिएका थिए । विस्फोटको समय उनी घरमा थिएनन् । स्रोतका अनुसार हमला रक्षामन्त्रीको एक गेस्ट हाउसमा भएको थियो । यस घटनामा मन्त्रीको परिवारका कोही पनि सदस्य घाइते भएनन् । एक स्वास्थ्य अधिकारीले घटनामा कम्तीमा १० जना घाइते भएको जानकारी दिएका छन् ।

यता, अफगानिस्तानका कयौँ सहरमा सेना र तालिबानबीच भीषण लडाइँ जारी छ । लश्करगाहमा अफगान सेना र तालिबानबीच भिडन्त जारी छ । दक्षिणी हेलमन्द प्रान्तमा ठूलो सङ्घर्ष भइरहेको छ । पछिल्लो केही हप्तामा तालिबानले देशका कयौँ जिल्लामा नियन्त्रण बनाइसकेको छ । अहिलेसम्म देशका २२३ जिल्ला तालिबानको नियन्त्रणमा पुगिसकेको बताइएको छ । ११६ जिल्लामा भिडन्त जारी रहेको र ६८ जिल्ला सरकारको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!